२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश



अ+ अ-

काठमाडौँ।  जिल्ला अदालत ललितपुरले टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश टेकनाथ गौतमको इजलासले आज अधिकारीलाई पुर्पक्षका लगि थुनामा पठाउने आदेश गरेको हो ।

आदेशमा भनिएको छ, ‘थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादीलाई हुनसक्ने सजाय समेतलाई दृष्टिगत गर्दा निज प्रतिवादी तुलसा भन्ने तुल्सी अधिकारीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७(१) बमोजिम थुनामा राख्न ऐ. दफा ८० बमोजिम थुनुवा पुर्जी दिइ सम्बन्धित कारागार कार्यालयमा थुनामा राख्न पठाइदिनु’ अदालतले बयानमा उल्लेख गरेको अवस्था, बैंक खाता, सुनको विवरण हेर्दा तत्काल प्राप्त प्रमाणका आधारमा अधिकारी कसुरदार होइन भन्न मिल्ने अवस्था नभएको उल्लेख गरेको छ ।

एक व्यवसायीलाई टिकटकर अधिकारीले ‘हनिट्रयाप’मा पारेर रु करोडौँ असुल गरेको आरोप लागेको छ । अधिकारीलाई सोही आरोपमा आपराधिक लाभ, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको हो । टिकटरमा अधिकारीलाई नेपाल प्रहरीले ‘इन्टरपोटल’को सहयोगमा थाइल्यान्डमा पक्राउ गरेर ल्याएको थियो ।

नवलपरासी पश्चिम घर भई हाल ललितपुरको भैँसेपाटी बस्दै आएकी अधिकारीविरुद्ध यी तीन कसुरमा गत चैत मुद्दा दर्ता भएको थियो । अधिकारीले एक व्यवसायीबाट रु छ करोड ५२ लाख २९ हजार ७५ लिएको अभियोग लगाइएको छ ।

इन्टरपोलबाट २०८२ चैत ३ गते रेड नोटिस जारी गराएको थियो । तुल्सीविरुद्ध ती व्यवसायीले प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दिनुभएको थियो । अदालतमा तुल्सीसहित नौ जना र एउटा पसललाई प्रतिवादी बनाइएको छ ।

तुलसा कलेक्सन, भारतका मुकेशकुमार धानुका, पोखराकी नेलिका लामिछाने, तेह्रथुमकी दिलुकुमारी लिम्बू, पाल्पाका प्रयास पोखरेल, सल्यानकी सपना वली, नवलपरासीकी गङ्गा अधिकारी सुवेदी, पाल्पाका मेघनाथ बस्याल र सिरहाका अशोककुमार अग्रवाल रहेका छन् । रासस