२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू



अ+ अ-

ब्रसेल्स। शुक्रबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेता भ्लादिमिर पुटिनलाई लेखेको पत्रमा प्रत्यक्ष वार्ताको आह्वानलाई युरोपेली सङ्घ (इयू)ले समर्थन गरेको छ ।

“हामी राष्ट्रपति जेलेन्स्कीको प्रत्यक्ष वार्ताको आह्वान र युद्धविरामको आह्वानलाई पनि स्वागत गर्दछौँ । युक्रेन शान्ति चाहन्छ, युरोप शान्ति चाहन्छ भन्ने कुरा पत्रले व्यक्त गरेको छ,” इयूका प्रवक्ता अनिता हिपरले भन्नुभयो ।फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि गरेको अपिल सकारात्मक भएको भन्दै मस्कोसँग वार्ता पुनः सुरु गर्ने समय आएको बताउनुभएको छ ।

“मलाई विश्वास छ, अब युद्धविराम र शान्ति योजना दुवै स्थापना गर्ने जिम्मेवारी युक्रेन र रूसको हो । यसमा युरोपेलीहरूले सहयोग गर्न सक्छन्,” मोन्टेनेग्रोमा इयू र बाल्कन नेताहरूको शिखर सम्मेलनका क्रममा म्याक्रोँले भन्नुभयो ।

जेलेन्स्कीले बिहीबार रुसी नेतालाई लेखेको एक दुर्लभ खुला पत्रमा भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्ताव गर्नुभएको छ ।

म्याक्रोँले उक्त पत्रलाई ‘राम्रो पहल’ भन्नुभएको छ । जर्मनीले पनि क्रेमलिन प्रमुखसँग प्रत्यक्ष वार्ताका लागि जेलेन्स्कीको आह्वानलाई स्वागत गरेको छ ।

म्याक्रोँले भन्नुभयो, “मैले कसरी हामी युद्धविराम र शान्ति स्थापनाका लागि वार्ता पुनः स्थापना गर्न सक्छौँ भनेर छलफल गर्न आवश्यक छ । मलाई लाग्छ अब यो समय आएको छ । स्थिति कसरी विकसित हुन्छ हामी पर्खने छौँ ।”

युक्रेनको विषयमा रुससँग पुनः वार्ता गर्ने विषयमा युरोपमा बहस सुरु भएको छ । म्याक्रोँले भन्नुभयो, “हामी हाम्रा साझा चासोका मामिलामा रुससँग छलफल र आदानप्रदानको संरचना गर्न पनि उत्सुक छौँ ।”

उहाँले भन्नुभयो, “यसको मतलब हाम्रो आफ्नै सुरक्षा र छिमेकीको रूपमा युक्रेनको हितको रक्षा गर्न तत्पर छौँ भन्ने हो ।”

म्याक्रोँले आगामी दिनमा जेलेन्स्कीलाई भेट्ने र जुलाई १४ मा राष्ट्रिय बिदाका लागि पेरिसमा कुनै पनि युद्धविराम सम्झौता गर्न ‘इच्छुकहरूको गठबन्धन’ मा संलग्न पश्चिमी देशहरूलाई आमन्त्रित गरेको पनि बताउनुभयो । (रासस/एएफपी)