२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाका जनप्रतिनिधिलाई मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण तालिम दिएको छ ।

महानगरपालिकाका वडा नं १ देखि १६ सम्मका जनप्रतिनिधिलाई पहिलो चरणमा र वडा नं १७ देखि ३२ सम्मका जनप्रतिनिधिलाई दोस्रो चरणमा तालिम दिइएको हो ।

कार्यक्रममा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले ‘मानव बेचबिखनविरुद्ध राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन र मानव बेचबिखन न्यूनीकरण तथा प्रभावितको संरक्षणमा ब्यूरोको भूमिका’ विषयक प्रस्तुती गर्नुभएको थियो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तप्रसाद पन्थीले ‘मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति-२०८२ र मन्त्रालयको भूमिका’ विषयक प्रस्तुती गर्नुभएको थियो । महानगरपालिका राजस्व विभागका प्रमुख दीपक अधिकारीले ‘काठमाडौँ महानगरपालिका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधि, २०७८’ विषयमा केन्द्रित भएर प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रम समापनका अवसरमा महानगरपालिका वडा नं १० का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रामकुमार केसी, सामाजिक विकास समितिका सदस्य एवं महानगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ र वडा नं २९ का वडाध्यक्ष कुश ढकाललगायतले अभिमुुखीकरण तालिममा सिकेका विषय व्यावहारिक कार्यान्वयन गर्न आह्वान गर्नुभएको थियो । कार्यक्रममा ३२ वटै वडाका जनप्रतिनिधिको सहभागिता थियो । रासस