२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन



अ+ अ-

काठमाडौं। साविक विजेता बागमती प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा २२ स्वर्ण, २१ रजत र १३ कांस्य जित्दै बागमती उपाधि रक्षा गर्न सफल भयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र नेपालय इन्टरनेसनल प्रा.लि. को सह–आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोश्रो भयो ।

सुदूरपश्चिमले १९ स्वर्ण, ९ रजत र १४ कांस्य हात पार्यो । १२ स्वर्ण, १५ रजत र १८ कांस्य जितेको लुम्बिनी प्रदेश तेश्रो बन्यो । ५ स्वर्ण, २ रजत र १८ कांस्यसाथ गण्डकी प्रदेश चौथो, ४ स्वर्ण, ७ रजत र १७ कांस्यसाथ कोशी प्रदेश पाँचौ, ३ स्वर्ण, ६ रजत र ६ कांस्यसाथ मधेश प्रदेश छैटौं तथा २ स्वर्ण, ५ रजत र १२ कांस्यसाथ कर्णाली प्रदेश सातौं स्थानमा रहे ।

तीनदिने प्रतियोगितामा सात प्रदेशबाट ६ सय ८६ खेलाडीले एथलेक्टिस, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई राखेपका सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पदक विजेतालाई करिब १२ लाख नगद पुरस्कार वितरण गरिएको प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिका सचिव मीनकुमार शर्माले जनाएका छन् ।

प्रतियोगिताको १७ औं संस्कारण कोशी प्रदेशमा फागुन १९ देखि २२ गतेसम्म हुने भएको छ । बुधबार भएको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव विप्लव घोषलाई प्रतियोगिता आयोजनाका लागि झण्डा हस्तान्तरण गरेका थिए ।