२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना



अ+ अ-

काठमाडाैँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकारले काम गरिरहेको बताउनुभयो ।

“सरकार र मन्त्रीलाई प्रलोभनमा पारेर निर्णय प्रभावित गर्ने बिचौलियातन्त्रका नाइकेहरूको भूमिका समाप्त हुँदै गएको छ,” सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयो, “वडातहदेखि नै राजनीतिक संस्कार परिवर्तन गर्न आवश्यक छ र राजनीति कस्तो हुनुपर्छ भन्ने उदाहरण हामीले प्रस्तुत गर्नुपर्छ।”

उहाँले राजनीति कुनै व्यक्ति विशेषको स्वार्थपूर्ति गर्ने वा कसैलाई पदमा पुर्‍याउने माध्यम नभई देशलाई सही दिशा दिने साधन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। विकास निर्माणका काममा कुनै क्षेत्र वा समुदायलाई विभेद नगरिएको उल्लेख गर्दै उहाँले विकासमा सबैको समान पहुँच सुनिश्चित गर्ने प्रणाली निर्माणमा सरकार केन्द्रित रहेको बताउनुभयो।

शक्ति, पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँट गर्ने विगतको गलत अभ्यास अन्त्य भएको बताउनुहुँदै सञ्चारमन्त्री तिमिल्सिनाले आम निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको बताउनुभयो। उहाँले सरकार र सत्तारुढ दलले नागरिकका आकांक्षा, गुनासा र अपेक्षालाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो।

“दुई–तीन महिनामै सबै अपेक्षा पूरा हुन सक्दैनन् र ठूलो परिणाम पनि तत्काल नदेखिन सक्छ । सरकारले लिएको दिशा, गरिएका निर्णय र अपनाइएको कार्यविधि सही छ कि छैन भन्ने आधारमा मूल्याङ्कन हुनुपर्छ।”” उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले सरकारलाई अझ प्रभावकारी बनाउन सबै पक्षको रचनात्मक सहयोग आवश्यक रहेको बताउनुहुँदै सत्तारुढ दलको जिल्ला अधिवेशनमा आग्रह–पूर्वाग्रह त्यागेर सहकार्यको वातावरण बनाउन आग्रह गर्नुभयो। जिल्ला अधिवेशनबाट सहमतिका आधारमा सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुहुँदै उहाँले समूह, प्यानल वा गुटगत राजनीतिले दलको छवि धुमिल बनाउन नहुने धारणा राख्नुभयो।

कार्यक्रममा रास्वपाका सांसद बोधनारायण श्रेष्ठले नुवाकोट र धादिङ जिल्लाका साझा समस्या तथा विकासका मुद्दा संयुक्त रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। नेतृत्व समस्या नभई समाधानको माध्यम हुनुपर्ने उल्लेख गर्दै उहाँले समस्याको समाधान गर्न सक्ने व्यक्ति नै सफल नेतृत्वकर्ता बन्न सक्ने बताउनुभयो। जिल्ला नेतृत्व सोहिअनुसार छानिएर आउने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो ।