१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचन बैतडी, चार हजार मतदाता सहभागी हुँदै



अ+ अ-

बैतडी । आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा बैतडीमा चार हजार बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन् । दोगडाकेदार गाउँपालिका ४ मा एक हजार ८०८, सुर्नया गाउँपालिका १ मा ६१९ र पुर्चौंडी नगरपालिका ४ मा एक हजार ९०९ मतदाता रहेका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिए।

निर्वाचन हुने तीन वडामा पाँच वटा मतदान केन्द्र तोकिएका छन् । दोगडाकेदार ४ मा केदारनाथ मावि पीपलकोट र हुनैनाथ मावि कपिन्ना, सुर्नया गाउँपालिका १ मा गाविस भवन गुर्केली र पुर्चौंडी नगरपालिका ४ मा महादेव मावि सिवावो, पहरोल मावि बांगा मतदान केन्द्र तोकिएका छन् ।पीपलकोट माविमा एक हजार २२९, हुनैनाथ माविमा ५७९, गाविस भवन गुर्केलीमा ६१९, महादेव माविमा ८६५ र पहरोल मावि मतदान केन्द्रमा एक हजार ४४ मतदाताले मतदान गर्न पाउने भएका छन् ।

यसै वर्षको साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन् ।वडाध्यक्ष रिक्त रहेका बैतडीका तीन वडामा अगामी मङ्सिर १४ मा उपनिर्वाचन हुन लागेको हो । यसैबीच प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी देशभरि ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । पालिका प्रतिनिधिको उम्मेदवारी मनोनयन कात्तिक २७ गतेका लागि तोकिएको छ ।

कात्तिक २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता, २९ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ । यस्तै कात्तिक ३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मङ्सिर १ गते बिहान उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । उपनिर्वाचनका लागि यहाँका विभिन्न पार्टीले आन्तरिक तयारी थालिसकेका छन् ।