२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान मेस्सी राष्ट्रिय टिममा फर्किए



अ+ अ-

कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिममा फर्किएका छन् । दक्षिण अमेरिकी फुटबल महासंघ (कोपा) को प्रतिबन्ध फुकुवा भएसँगै मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका हुन् । यसैगरी अर्जेन्टिनाले ब्राजिल र उरुग्वेसँगको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टिममा मेस्सी अटाएका छन् । मेस्सीलाई टिममा राख्दै मुख्य प्रशिक्षक लियोनल स्कालोनीले २६ सदस्सीय टिमको घोषणा गरेको छ ।

नोभेम्बर १५ मा ब्राजिल र नोभेम्बर १८ मा उरुग्वेसँग अर्जेन्टिनाले मैत्रीपूर्ण खेल खेल्दैछ । कोपा अमेरिकाले महासंघमाथि भ्रष्ट्राचारको आरोप लगाएपछि गत साउनमा मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको थियो । ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत तेस्रो स्थानका लागि भएको प्ले अफ खेल पश्चात मेस्सीले भ्रष्ट्राचारको आरोप लगाएका थिए । तेस्रो स्थानको पदक लिन समेत मेस्सीले अस्विकार गरेका थिए ।

कोपामा सेमिफाइनलमा ब्राजिलसँग २–० ले पराजित हुदै अर्जेन्टिना उपाधि होडबाट बाहिरिएको थियो । मेस्सीले सो खेलमा ब्राजिललाई उपाधि जिताउन रेफ्रीले खेल मिलेमतो गरेको आरोप लगाएका थिए । प्रतिबन्धका कारण अर्जेन्टिनी कप्तानले चिली, मेक्सिको इक्वेडर र जर्मनीविरुद्धको मैत्रीपूर्ण खेल गुमाएका थिए ।