२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु



अ+ अ-

काठमाडौँ। वेस्ट बैंकको दक्षिणी शहर हेब्रोनमा इजरायली सेनाले एउटा परिवार सवार सवारी साधनमाथि गोली चलाउँदा सात महिने एक प्यालेस्टिनी शिशुको मृत्यु भएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले उक्त घटनाको पुष्टि गरेको हो । मन्त्रालयकाअनुसार दक्षिण हेब्रोनको तेल रुमैदा क्षेत्रमा इजरायली सेनाले चलाएको गोली लागेर साम फहद अबु हैकल नाम गरेका शिशु गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल अस्पताल पु¥याइए पनि चिकित्सकहरूले मृत घोषित गरेका थिए । सोही घटनामा शिशुका बुबा र आमा समेत घाइते भएका छन्, जसको अवस्था मध्यम रहेको बताइएको छ ।

प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी ’वाफा’ का अनुसार शिशुका पिता बेथलेहेम विश्वविद्यालयमा प्राध्यापक हुन् । यो परिवार बेथलेहेममा बसोबास गर्दै आएको र हेब्रोनको मध्य भागमा रहेका आफन्तको घर जाने क्रममा सेनाको निशानामा परेको हो ।

यसैबीच, इजरायली रक्षा बल (आईडीएफ) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे स्पष्टीकरण दिएको छ । आईडीएफले हेब्रोन क्षेत्रमा सैन्य कारबाहीका क्रममा एउटा सवारी साधन तिब्र गतिमा आफूतिर आएको देखेर सैनिकले प्रतिकार स्वरूप गोली चलाएको दाबी गरेको छ ।

प्रारम्भिक छानबिनबाट घाइतेहरू असंलग्न सर्वसाधारण रहेको खुलेको र घटनाको थप अनुसन्धान भइरहेको समेत इजरायली सेनाले स्वीकार गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल