२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस



अ+ अ-

काठमाडौं । कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) ले न्याय प्राप्त हुने पूर्ण आशा र विश्वासका साथ आफू मातृभूमि फर्किएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले न्यायको अनुभूति गर्दै आफ्नै माटोमा सुख–दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्।

धुर्मुसले लेखेका छन्, “न्याय अवश्य मिल्नेछ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु। आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख–दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।”

धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत निर्माण थालिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजनाका क्रममा लागेको ऋण फर्स्योटको विषयलाई लिएर उनी लामो समयदेखि सम्बन्धित मन्त्रालय तथा निकाय धाउँदै आएका छन्। रंगशाला निर्माणका क्रममा विभिन्न व्यक्ति तथा संस्थासँग लिएको ऋण हालसम्म पूर्ण रूपमा फर्स्योट हुन नसकेको भन्दै उनले पटक–पटक सरकारसँग पहलको माग गर्दै आएका छन्।

उनको पछिल्लो अभिव्यक्तिलाई गौतम बुद्ध रंगशालासँग जोडिएका आर्थिक दायित्वको समाधान तथा न्यायको खोजीसँग सम्बन्धित रूपमा हेरिएको छ। धुर्मुसले यसअघि पनि रंगशाला निर्माणका क्रममा आफूले भोग्नुपरेका कठिनाइ र आर्थिक भारबारे सार्वजनिक रूपमा धारणा राख्दै आएका छन् ।