२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक लोकमान रिजालका अनुसार सभापतिमा निर्वाचित खनालले १९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी विनय घिमिरेले १२४ मत प्राप्त गर्नुभएको छ । सभापति पदका अर्का उम्मेदवार केदार रजौरेले छ र किरणकुमार आचार्यलेले दुई मत प्राप्त गर्नुभएको छ । उपसभापति पदमा निराजन थापा विजयी हुनुभएको छ ।

उहाँले २४१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी सुनिता रावतले ८० मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी, सचिवमा असीम भुसाल निर्वाचित हुनुभएको छ । उहाँले २०० मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार बलीराम खत्रीले १२३ मत प्राप्त गर्नुभएको थियो ।

सहसचिवमा प्रमिला रोका विजयी हुनुभएको छ । उहाँले १४८ मत प्राप्त गर्नुभएको छ उहाँका प्रतिद्वन्द्वीद्वय क्रमशः दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गर्नुभएको छ । यसैगरी, सदस्यहरुमा प्रताप पुन, चुम्मन चौधरी, गोमा शर्मा, पवित्रा विक निवार्चित हुनुभएको छ ।