२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गु कारण १५ दिनमै एउटा परिवार सखाप, तीन दिनको नवजात शिशुमात्र जीवित



अ+ अ-

नयाँ दिल्ली । भारतमा डेङ्गु रोगका कारण १५ दिनको अवधिमा एउटा परिवार स खाप भएको छ । उक्त परिवारमा तीन दिनको नवजात शिशुमात्र जीवित बाँकी रहेको बताइएको छ ।

भारतीय न्यूज च्यानल ‘आजतक’का अनुसार तेलङ्गाना मंचेयिरयल जिल्लामा उक्त घ टना भएको हो ।

उक्त परिवारमा सबैभन्दा पहिला ३० वर्षीय जी राजगट्टुलाई डेङ्गुको संक्रमण भएको थियो । पेशाले शिक्षक रहेका उनी बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा १६ अक्टोबरमा उनको नि धन भएको थियो ।

त्यसपछि उनका ७० वर्षीय हजुरबुवा लिंगायलाई डेङ्गु संक्रमण भएको थियो । २० अक्टोबरमा उनको पनि निधन भयो । परिवारमा लगातार दुई जनाको नि धनबाट शोकाकुल भएका सदस्यहरु शो’कबाट उक्सिन नपाउँदै राजगट्टुकै ६ वर्षीया छोरी श्रीवर्षिनीलाई पनि डेङ्गु सं क्रमण भयो । उपचारकै क्रममा २७ अक्टोबरमा उनको पनि नि धन भयो ।

यसै क्रममा राजगट्टुकी गर्भवती पत्नी पनि डेङ्गुबाट जोगिन सकिनन् । डेङ्गु संक्रमणबाट पीडित उनको हैदरावादस्थित एक नीजि अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनले ३० अक्टोबर (बुधबार) उनको निधन भयो । निधनको एक दिनअघि मंगलबार उनले एक शिशुलाई जन्म दिएकी थिइन् । उक्त परिवारमा तीन दिने एक नवजात शिशुमात्र बाँकी रहेको बताइएको छ ।