१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका नेकपा नेता श्रेष्ठ र रावल भेट्न नपाई फर्किए



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डायलासिस जारी छ। प्रधानमन्त्री ओलीलाई आइसियूमा राखेर डायलासिस गरेको ग्राण्डी अस्पतालमा स्रोतले बतायो।

बिहीबार दिउँसो सवा १ बजे अस्पताल पुगेका नेकपा नेता भीम रावल प्रधानमन्त्रीको डायलासिस जारी रहेकाले नभेटी फर्किएका छन् ।

‘प्रधानमन्त्रीलाई डायलासिस गरेकाले मैले भेट्न मिलेन। अहिले केही समयपछि आउँछु भनेर अस्पतालबाट फर्किएँ,’ रावलले भने,’सबै चिकित्सकहरू व्यस्त रहेकाले मैले उहाँहरूसँग पनि बुझ्न पाइनँ।’

यस्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि आजै प्रधानमन्त्री भेट्न अस्पतालपुगेका थिए। तर डायलासिस भइरहेकाले उनले पनि भेट्न पाएनन्।

‘म अस्पताल पुगेको थिएँ। तर प्रधानमन्त्रीसँग भेट हुन पाएन। अस्पतालका निर्देशक चक्रराज पाण्डेजीसँग कुरा भयो। उहाँले प्रधानमन्त्रीको स्वास्थ्य राम्रो छ भन्नुभयो,’ श्रेष्ठले भने।

प्रधानमन्त्रीको डायलासिस चलिरहेकाले आज पनि प्रधानमन्त्री ग्राण्डीमै रहने सम्भावना बढेको अस्पताल स्रोतले जनाएको छ ।