२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाली ब्याटिङ स्टार ग्लेनद्वारा क्रिकेटबाट विदा



अ+ अ-

सिड्नी । अस्ट्रेलियाका ब्याटिङ स्टार ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण देखाउँदै सबै किसिमका क्रिकेट खेलबाट विदा लिएको घोषणा गरेका छन् ।

क्रिकेट अस्ट्रेलियाका अनुसार श्रीलंका विरुद्ध जारी टी२० क्रिकेट शृङ्खलाको बाँकी खेल पनि उनले नखेल्ने बोर्डलाई जानकारी दिएका छन् । छोटो फम्र्याटका खेलमा अत्यन्त सफल र आक्रामक खेल कौशल देखाउन सक्षम म्याक्सवेलले यस शृङ्खलाको पहिलो खेलमा पनि २८ बलमा ६२ रन बनाएका थिए ।

क्रिकेट अस्ट्रेलियाका मनोविज्ञ माइकल लोयडले एक वक्तव्य जारी गर्दै ग्लेन म्याक्सवेलमा मानसिक स्वास्थ्यसँग सम्बन्धित केही समस्या देखिएको पुष्टी गर्नुभएको छ । उहाँले त्यही कारण केही समय ग्लेनले क्रिकेटबाट विदा लिन चाहेको बताउनुभएको छ । ग्लेन म्याक्सवेलको स्वास्थ्य परीक्षण र विश्राम पश्चात् उनको घरेलु टिम भिक्टोरियाबाट पुनः खेल्न सक्ने क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।