२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै



फाइल फोटो
अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सोमबार सर्वदलीय बैठक बस्दैछ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सोमबार बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गरिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उक्त सर्वदलीय छलफल सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता र अन्य महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रहेर राजनीतिक दलहरूबिच संवाद हुने बताइएको छ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको छ ।

सर्वदलीय बैठकको सूचनासहितको आमन्त्रणसहितको अनुरोध प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।