२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंक सहकारीमा डेविट कार्डमार्फत भुक्तानी सुरु कार्यक्रम



अ+ अ-

काठमाडौँ । सनराइज बैंकले सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्डमार्फत् भुक्तानी पाउने व्यवस्था गरेको छ । बुधबार बैंकले काठमाडौंमा एक कार्यक्रम गरेर सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्ड मार्फत भुक्तानी पाउने व्यवस्था सुरु गरेको हो । 

उक्त सेवा विस्तारको लागि बैंकले पायोनियर एसोसिएट्स (कोसिस सहकारी सफ्टवेयर), आइमार्क तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सम्झौता समेत गरेको छ । कार्यक्रममा बोल्दै सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माले ४ वर्षको प्रयासपछि सहकारीमा भिसा डेविड कार्ड प्रयोगमा ल्याउन सफल भएको बताउनुभयो । सिइओ शर्माले नेपाल  सरकार तथा केन्द्रिय बैंकले मौद्रिक नीतिमा नै सहकारीलाई पनि डिजिटल बैंकिङ कारोबारका ल्याउन योजना अनुसार यो कार्यक्रम सनराइज बैंकले सुरु गरेको बताउनुभयो । 

उहाँले सहकारी र बैंक बीचमा भिसा तथा डेविट कार्ड मार्फत भुक्तानी गर्ने सक्ने व्यवस्था दक्षिण एसियामा नै पहिलो भएको बताउनु भयो । सिइओ शर्माले यो कार्यले सहकारीमा समेत ग्राहकको विश्वास बढ्ने बताउनुभयो । शर्माले भन्नुभयो,‘ सनराइज बैंकको भिसा डेविट काड सहकारीले पनि आफ्ना ग्राहकहरुलाई दिन्छ । अब बैंकसँग सम्झौता गरेका सहकारीहरुले सनराइज बैंकको जुसुकै एटिमबाट पैसा झिक्न सक्छन्। यो अभ्यास दक्षिण एसियामा नै पहिलो हो । हामीले ४ वर्षको अथक प्रयासपछि आजबाट सुरु गर्न सफल भएका छौं । म भन्दा पहिला रहनुभएको सिइओले सुरु गर्नुभयो । मेरो कार्यकालमा सफल भयो । नेपाल राष्ट्र बैंकको पनि सहकारीलाई डिजिटल बैंकिङ सेवा पु¥याउने योजना अनुसार भएको छ । यो सेवाले सहकारीको क्षेत्रमा पनि राम्रो सुधार हुने देखिन्छ । सनराइज बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवामा विस्तारलाई तिव्रता दिएको छ । अहिले सनराइज बैंक ग्राहक १० लाख पुगेका छन । भने ३ लाख भन्दा माथि डेविट कार्ड,१० हजार क्यूआर कार्ड १५८ एटिम मार्फत सेवा विस्तार गरिरहेको छ ।’

बैंकले पहिलो चरणमा चार वटा सहकारी संस्थासँग भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्थामा सम्झौता गरिसकेको छ । भिसा ब्राण्ड अन्तर्गत सहकारी संस्थाको ग्राहकको लागि भिसा डेबिट कार्ड जारी गर्ने यो योजना दक्षिण एसियामा पहिलो भएको छ । सनराइज बैंकले यो परियोजना अन्तर्गत जारी हुने कार्ड मार्फत हुने कारोबारको लागि सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्ने बताएको छ ।