२७ जेष्ठ २०८३, बुधबार
,
Latest
संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप सम्पत्ति छानबिन आयोगद्वारा विवरण बुझाउने म्याद असार मसान्तसम्म थप पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु मनाङको विकास यात्रा सडक, पर्यटन र पूर्वाधारमा नयाँ आयाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । चितवनका किसानले राज्यले तोकेका चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन् । साना किसान कृषि सहकारी संस्था लि का अध्यक्ष रामशरण पाठककले एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताउनुभयो ।

पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लि का अधिकांश किसानले समर्थन मूल्य नपाएका हुन् । समर्थन मूल्यसमेत नपाएपछि भने किसान दुःखी भएका छन् ।

भरतपुर महानगरपालिका–२८, राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेलले किसानले समर्थन मूल्य नपाउँदा किसान निरासा भएको बताउनुहुन्छ । जिल्लामा चैते ५, हर्दिनाथ १, पिआर, टाइचिन जातका चैते धान खेती गरिएको थियो ।

भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेल समर्थन मूल्य नपाउँदा किसानलाई मर्का परेको बताउनुहुन्छ । कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले चैते धानको समर्थन मूल्य तोक्न सरकारले ढिलाइ गरेको बताउनुहुन्छ । यस वर्ष चितवनमा नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ ।




भर्खरै