२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि तय गरिएको बैठक निर्धारित समयमा सुरु हुन नसकी अनिश्चित बनेको छ। बैठक सुरु हुने प्रतीक्षामा रहेका सांसदहरूलाई दुई घण्टासम्म पनि कुनै प्रगति नदेखिएपछि अन्ततः आजै दिउँसो २ बजेका लागि सारिएको हो।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले समय परिवर्तनसम्बन्धी सूचना जारी गर्दै विशेष कारणवश बैठक तोकिएको समयमा बस्न नसकेको जानकारी दिएका छन्।

सूचनाअनुसार प्रतिनिधि सभा को बैठक संघीय संसद् नियमावली २०८३ को नियम ६ को उपनियम २ अनुसार सभामुखको निर्देशनमा आजै दिउँसो २ बजे बस्ने गरी पुनः निर्धारण गरिएको हो।

निर्धारित समयमा बैठक नबस्दा संसद् गतिविधि केही समय प्रभावित भए पनि नयाँ समय तोकिएपछि कार्यसूची अघि बढ्ने अपेक्षा गरिएको छ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै