२७ जेष्ठ २०८३, बुधबार
,
Latest
मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ? एमसिए–नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुश्बु ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य



अ+ अ-

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र साहको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधि सभामा स्पष्टिकरण दिने विषयमा सहमति भएसँगै प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

परराष्ट्रमन्त्री खनालले स्पष्टिकरण दिने विषयमा विपक्षी दलहरु सहमत भएसँगै सभाको बौठक बसेको हो । प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री स्वयंले सभामा आएर स्पष्टिकरण दिनुपर्ने माग गरेको छ ।

अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री स्वयं उपस्थित भएर आफ्नो धारणा राख्नुपर्ने भन्दै अरू मन्त्रीमार्फत जवाफ दिनु न्यायसंगत तथा संविधानसम्मत नभएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो धारणा लिखित रूपमा पठाउनुपर्ने धारणा राख्दै गल्ती एक जनाले गर्ने र अर्कोले त्यसको बचाउ वा सच्याउने अभ्यास स्वीकार्य नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीज्यूले जवाफ दिनेकुरा सुन्नमा आएको छ । यसमा हाम्रो सहमति छैन । प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउने कुरा हो । हाम्रो माग अरु केही होइन । उहाँ यहाँ आउँदै नआउने, अरु कसैले स्पष्टिकरण दिनेकुरा न्यायसंगत छैन, संविधानसम्मत छैन । उहाँको आफ्नो धारणा के हो त ? उहाँले यहाँ बोल्न आउनुभएन भने लिखत रुपमा धारणा पठाउनुप¥यो । नत्र एउटाले गल्ति गर्छ अर्कोले सच्याउने कुरामा हामी सहमत छैनौँ ।’

प्रधानमन्त्री बालेन्द्र शाहले भारतले मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको विवादित अभिव्यक्ति दिनुभएको थियो ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै