१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीटीईभीटीको प्रतिवेदन भन्छ, अहिलेकै संरचनामा काम गर्न सकिन्न



अ+ अ-

काठमाडौं । प्राविधिक जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले हालको संरचनामा परिषद्का कार्यक्रम सञ्चालन गर्न नसक्ने देखिएको छ ।


 परिषद्को वर्तमान संरचना र जनशक्तिबाट हाल सञ्चालन भएका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न कठिनाइ भएको प्रतिवेदन फेला परेकाे खबर राजधानी दैनिकमा छापिएकाे छ । सीटीईभीटीको सम्बन्धमा डा. रुद्र सुवालको प्रतिवेदनले परिषद्का कार्यक्रम विस्तार गर्न विद्यमान संगठन संरचना, जनशक्ति र साधन स्रोतको अभाव हुने निष्कर्ष निकालेको छ ।

परिषद्मा स्थायी कर्मचारीभन्दा करार र अस्थायी कर्मचारी बढी छन् । अहिले परिषद् मातहत २ हजार ३० कर्मचारी छन् । जसमध्ये ९३२ जनाको स्थायी दरबन्दी छ । अन्य सबै करार र अस्थायी छन् ।शिक्षालयहरूले कार्यक्रम सञ्चालन गर्दा राज्यको महत्वपूर्ण एवं प्राथमिकताका विषयमा केन्द्रित भई सञ्चालन नभएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

श्रम बजारको मागअनुसार प्राविधिक शिक्षा अघि बढ्न नसकेको पाइएको छ । श्रमबजारको मागअनुसार जनशक्ति आपूर्तिका लागि विद्यार्थी भर्ना गर्ने परम्पराको अभ्यास नभएको प्रतिवेदनमा उल्लेख छ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विषयकोे छनोट गर्दा नाफा हुने विषयलाई ध्यान दिएको पाइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका कार्यक्रम स्थानीय मागका आधारमा सञ्चालन गरिनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।
लामो समयदेखि सञ्चालनमा रहेका शिक्षण संस्थामा पूर्वाधार जीर्ण बन्दै गएको र प्रशिक्षार्थीको अनुपातमा प्रयोगात्मक शिक्षणका लगि समेत स्रोत र साधनको कमी देखिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई व्यवस्थापन गर्न अध्यावधिक तथ्यांक तथा सूचनासमेत नभएको देखिएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा काम गरिरहेका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका प्रशिक्षकको संख्या २४ हजार ८४५ रहेको अनुमान गरिएकोमा सो संख्या बढी २०८४-८५ मा ४६ हजार ७५६ पुग्ने प्रक्षेपित अनुमान गरिएको छ ।
परिषद्बाट हालसम्म २ लाख ५६ हजार ८१४ जना जनशक्ति उत्पादन भएका छन् । जसअन्तर्गत प्राविधिक एसईईतर्फ १ लाख ९७ हजार ७२८ र डिप्लोमा तहतर्फ ५९ हजार ८६ जना जनशक्ति उत्पादन भएका छन् । हाल परिषद्अन्तर्गत ४५ वटा आंगिक शिक्षालय र ३९७ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा, ६ वटा साझेदारीमा सञ्चालित शिक्षालय र ४२९ वटा निजी शिक्षालय छन् । परिषद्का अनुसार आर्थिक वर्ष २०७५-७६ मा विद्यार्थी भर्ना क्षमता ६२ हजार १५ जना थियो । परिषद््ले तीन वर्षे डिप्लोमा तथा प्रवीणता प्रमाणपत्र तह र १८ महिने प्राविधिक एसईई गरी दुई किसिमका लामो अवधिका कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालू आर्थिक वर्षका लागि परिषद्अन्तर्गत ६ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।