२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुक र मेसेन्जरमा प्राविधिक समस्या



Moscow – 29 Oct, 2021: Meta logo on screen of mobile phone on Facebook word background. Facebook after rebranding and changing name to Meta. Facebook is social networking. Marketing and trend concept
अ+ अ-

काठमाडौँ। मेटा अन्तर्गतका सामाजिक सञ्जाल फेसबुक र मेसेन्जरमा शुक्रबार विश्वव्यापी रूपमा प्राविधिक समस्या देखिएको छ। शुक्रबार साँझदेखि फेसबुक एप र वेबसाइट दुवैले काम गर्न छाडेपछि प्रयोगकर्ताहरू समस्यामा परेका छन्।

प्रयोगकर्ताहरूका अनुसार फेसबुक चलाउँदाचलाउँदै आफैं ‘लगआउट’ हुने समस्या देखिएको छ। पुनः लगइन गर्न खोज्दा अप्रत्याशित त्रुटि भन्ने सन्देश देखिने गरेको छ।

यस्तै, फेसबुकको मुख्य वेबसाइट खोल्दा केही समस्या भएको र कम्पनीले यसलाई चाँडोभन्दा चाँडो समाधान गर्न काम गरिरहेको भन्ने सन्देश देखाइएको छ।

फेसबुकसँगै मेसेन्जरमा पनि सन्देश आदानप्रदान गर्न समस्या देखिएको छ। मेटाकै अन्य सेवाहरू जस्तै इन्स्टाग्राम र ह्वाट्सएप भने धेरै हदसम्म सञ्चालनमै रहेका छन्। यद्यपि, इन्स्टाग्रामको वेबसाइट संस्करणमा केही प्राविधिक समस्या देखिएको प्रयोगकर्ताहरूले बताएका छन्।

वेबसाइटहरूको अवरोध ट्र्याक गर्ने पोर्टल ‘डाउनडिटेक्टर’ का अनुसार शुक्रबार साँझदेखि फेसबुकमा समस्या देखिन सुरु भएको थियो।

रोचक कुरा के छ भने, फेसबुक डाउन भएकै समयमा अत्यधिक ट्राफिकका कारण डाउनडिटेक्टर वेबसाइट आफैं पनि केही समयका लागि अवरुद्ध हुन पुगेको थियो।

मेटाले समस्याबारे हालसम्म औपचारिक जानकारी गराएको छैन ।