५ असार २०८३, शुक्रबार
,
Latest
सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य बैंकिङ संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ‘एकै रातमा निर्णय गर्ने’ विशेष अधिकार आवश्यक छ: गभर्नर… कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा



अ+ अ-

चितवन। जिल्ला सहकारी सङ्घ चितवनले साझा बिद्युतीय सवारी साधन (इभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

पेट्रोलपम्प सञ्चालन गर्दै आएको सङ्घले चारवटा चार्जिङ  उपकरणबाट आठ वटा गाडी चार्ज गर्ने गरी स्टेसन सञ्चालनमा ल्याएको हो ।

भरतपुर महानगरपालिका–१० मा रहेको आफ्नै परिषरमा चार्जिङ स्टेसन स्थापना गरिएको हो । सङ्घका व्यवस्थापक बिनोद खतिवडाका अनुसार रु एक करोड ५० लाखको लागतमा चार वटा सेन्टरमा आठ वटा गाडी एक पटकमा चार्ज गर्न सकिने गरि बिद्युतीय चार्जिङ  उपकरण जडान गरिएको हो । १२० किलोवाटको क्षमता भएका उपकरण जडान गरिएका छन् ।  उहाँका अनुसार यी सेन्टरबाट छिटो चार्ज गर्न सकिने छ ।

तोरीको तेल पेलेर बेच्दै आएको सङ्घले साझा पेट्रोलपम्प सञ्चालन गरेको थियो । डिजल पेट्रोलमा दैनिक रु ४० लाखको कारोबार हुने गरेको र तोरीको तेल मासिक ६ हजार लिटर खपत हुँदै आएको छ । यससँगै सेवाग्राहीलाई सुबिधा दिने उद्देश्यले चार्जिङ स्टेसन स्थापना गरिएको उहाँले बताउनुभयो । सङ्घले अहिले ३० जना कर्मचारीलाई प्रत्यक्ष रोजगार दिँदै आएको छ ।

विद्युतीय सवारीसाधन (इभी)को प्रयोगसँगै जिल्लामा चार्जिङ स्टेसन खुल्ने क्रम वढेको हो । नेपाल विद्युत् प्राधिकरणले भरतपुरको केन्द्रीय बसपार्कमा चार सवारीसाधनले एकै पटक चार्ज गर्न सक्ने गरी चार्जिङ स्टेसन स्थापना गरेको थियो ।

त्यसलगत्तै प्राधिकरणले मुग्लिङमा अर्को चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको थियो । अहिले बसपार्कमा उपकरण थप गरी १२ पु¥याईएको छ । एउटाले काम गरेको छैन भने बाँकी ११ वटामा २२ वटा गाडी चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ । यसबाहेक निजीस्तरबाट व्यावसायिक रूपमा विभिन्न स्थानमा ३१ स्टेसन सञ्चालनमा आएका छन् ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर मिलन सापकोटाका अनुसार प्राधिकरणका दुई स्थानमा र नीजि क्षेत्रका ३१ स्थानमा स्टेसन सञ्चालनमा ल्याइएको छ । यीबाहेक होटेल, रेस्टुरेन्टमा आफ्ना ग्राहकलाई सेवा दिने गरी चार्जिङ स्टेसन राख्नेहरू धेरै छन् । रासस




भर्खरै