१० असार २०८३, बुधबार
,
Latest
हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टर गोविन्द केसी फेरी अनसन बस्ने



अ+ अ-

काठमाडौं । डाक्टर गोविन्द केसीले कात्तिक १८ गतेदेखि पुनः अनसन बस्ने भएका छन्। सरकारलाई दिएको अल्टिमेटम सकिएसँगै केसीले फेरि अनसन बस्ने भएका हुन्।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै केसीले चिकित्सा शिक्षा सुधारका लागि विभिन्न मागहरुसहित मेडिकल कलेजहरुले अवैध रुपमा अशुलेको रकम फिर्ता गर्न उनले माग गरेका छन्।

कात्तिक ७ गते वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा अवैध रुपमा असुलिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई कलेज प्रशासनले भाडाका गुण्डाहरु ल्याएर ढुंगा, लाठी र रड प्रयोग गरेको भन्दै केसीले घोर भत्सर्ना गरेका छन्।

विद्यार्थीमाथि आक्रमण हुँदा प्रहरी प्रशासन मौन बसेको भन्दै उनले अपराधीसँग प्रहरी प्रशासनको साँठगाँठ भएको आरोप लगाए। अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुरअन्तर्गत पक्राउ र कारबाही गर्न केसीले माग गरे।