३० जेष्ठ २०८३, शनिबार
,
Latest
गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित



अ+ अ-

कास्की। कास्की जिल्ला क्रिकेट सङ्घले क्रिकेट क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका राष्ट्रिय खेलाडी, प्रशिक्षक, अम्पायर, अफिसियल तथा मैदान कर्मचारीलाई सम्मान गरेको छ ।

पोखरामा आज आयोजित सङ्घको चौथो अधिवेशनका अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा कास्कीको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीसम्मको यात्रा तय गरेका पुरुषतर्फ अर्जुन कुमाल र महिलातर्फ रचना चौधरीलाई जनही रु १० हजार नगद, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको छ ।

त्यसैगरी, नेपाल ‘ए’ पुरुष राष्ट्रिय टोलीका सदस्य विपिन खत्री तथा नेपाल अन्डर-१९ टोलीका खेलाडी सुभाष भण्डारी, सिब्रिन श्रेष्ठ र सोहेल कुँवरलाई प्रशंसापत्र, दोसल्ला र जनही रु सात हजार नगद प्रदान गरिएको हो ।

खेलाडी प्रोत्साहन पुरस्कारअन्तर्गत कृष्ण पौडेल, रोहित चन्द, यशोदा भुजेल र चन्द्रमाया बराल सम्मानित हुनुभयो ।उहाँहरूलाई प्रमाणपत्र, माला तथा जनही रु पाँच हजार नगदसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा नेपाली महिला राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रिजन प्रजू, अन्तरराष्ट्रिय अम्पायर सञ्जयकान्त सिग्देल तथा अन्तरराष्ट्रिय स्कोरर आशिष बराललाई अन्तरराष्ट्रिय अम्पायर/प्रशिक्षक सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

क्रिकेटको विकासमा योगदान पुर्‍याएका प्रशिक्षक ऋषिकेश शर्मा पौडेल, विधान श्रेष्ठ र विजय राउत तथा अम्पायर अर्जुन उपाध्याय र दुर्गा बहादुर चन्दलाई बधाई ज्ञापन गरिएको थियो ।

साथै, गण्डकी प्रदेश खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्त भएका पूर्वखेलाडी रवीन्द्रबहादुर प्रजूलाई विशेष सम्मान गरिएको थियो ।

उत्कृष्ट योगदान दिने मैदान कर्मचारीतर्फ क्युरेटर प्रदीप राउत, मैदान कर्मचारी सीता विक र माया विक सम्मानित हुनुभयो ।

प्रशिक्षकतर्फ दीपेश खत्री, विधान श्रेष्ठ, गोविन्द प्रधान र ऋषिकेश शर्मा पौडेललाई मायाको चिनो र मालासहित सम्मान गरिएको सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले कास्कीमा क्रिकेटको विकासमा खेलाडी, प्रशिक्षक, अम्पायर, अफिसियल तथा सहयोगीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा क्रिकेटलाई अझ व्यावसायिक, व्यवस्थित र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा सङ्घले कास्कीको क्रिकेट विकास यात्रालाई समेटेर प्रकाशन गरेको विशेष स्मारिकाको समेत विमोचन गरेको थियो । रासस