१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महीनामा राजश्व सङ्कलन सन्तोषजनक



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारको चालू वर्षको पहिलो तीन महीनामा राजश्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बोहराले चालू वर्षको तीन महीनामा प्रक्षेपित अनुमानको २६ प्रतिशत राजश्व सङ्कलन भएको जानकारी दिए । करको दर नभई दायरा बढाएर अघि बढ्ने, सम्भावनाको खोजी गर्ने र सबै स्थानीय तहसँग करका सवालमा सामञ्जस्यता कायम गर्दै आपसमा समन्वय गरेर सरकार अघि बढेको उनले स्पष्ट पार ।

सरकारको नीतिअनुसार आगामी चैतसम्म अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरिएको र यसै महीना एक दिवसीय वित्तीय सम्मेलन गर्न लागिएको पनि उनले जानकारी दिए । कार्यक्रममा मन्त्रालयका सचिव सुमन अर्यालले पनि बोलेका थिए ।