१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो नेपाल युएस्-केण्ड ल्याण्ड फोर्स टक सम्पन्न



अ+ अ-

नेपाली सेना र युनाईटेड स्टेट आर्मी प्यासिफिक बीच संचालन हुने दुईदिने नेपाल-युएस् सेकेण्ड ल्याण्ड फोर्स टक नेपाली सेनाको जंगी अड्डा परिसरमा संचालन भएको छ । पहिलो पटक २०७५ जेष्ठ महिनामा संचालन भएको यस कार्यक्रमको यो दोस्रो संस्करण हो ।

नेपाली सेनाका रथीवृन्द र अधिकृतहरु १९ जना तथा युनाईटेड स्टेट आर्मी प्यासिफिकको १६ (सोह्र) जनाको टोली सहभागी उक्त कार्यक्रमको उद्देश्य नेपाली सेनाको शान्ति स्थापना कार्यको क्षमता अभिबृद्धि, मानवीय सहयोग र विपद् प्रतिकार्य, फौज व्यवसायिकरणमा सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाले संचालन गर्दै आइरहेको सैनिक कारवाहीका अनुभवहरु आदान प्रदान गर्नु रहेको जनाईएको छ ।

उक्त कार्यक्रममा अमेरिकी सेनाका मेजर जनरल डानिएल एफ म्याक डानिएल सहित उनैको नेतृत्वमा १६ (सोह्र) सदस्यीय टोली समेत गते नेपाल आएको थियो । भेटवार्ताको क्रममा दुई देश बीचका सेनाको पारस्परिक सम्बन्ध र पेशागत क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । यस प्रकारका कार्यक्रमहरुले दुई देशका सेना बीच रहँदै आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने र नेपाली सेनाको पेशागत क्षमतामा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।