१० असार २०८३, बुधबार
,
Latest
हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी फुटसल च्याम्पियनसिप: आज अफगानिस्तान विरुद्द नेपाल खेल्दै



अ+ अ-

काठमाडौं । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटको अन्तिम खेलमा आज (शुक्रबार) अफगानिस्तान विरुद्द नेपालले प्रतिस्पर्धा गर्दैछ । छनोटको सुरुवाती दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अफगानिस्तानको सामना गर्न लागेको हो । नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समय अनुसार ३ः१५ मा सुरु हुने बताईएको छ ।

इरानको उर्मियामा अफगानिस्तानविरुद्ध प्रतिस्पर्धामा नेपाल अहिले सान्त्वना जितको खोजीमा छ । यस्तै नेपाल पहिलो अंक जोड्न चाहन्छ । तुलनात्मक सहज प्रतिद्वन्द्वी अफगानिस्तानविरुद्ध नेपाल जित वा बराबरीको नतिजा निकाल्दै छनोटको दुखद विदाई गर्ने योजनामा हुनेछ । छनोट पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० र दोस्रो खेलमा उज्वेकिस्तानसँग ४–१ ले पराजित भएको थियो ।

यता, अफगानिस्तान पनि पहिलो जित र पहिलो अंकको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा हार व्यहोरेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिसकेको छ । तर, अन्तिम खेलमा नेपाललाई हराउँदै अफगानिस्तान सान्त्वना जितसहित घर फर्कन चाहन्छ । उज्वेकिस्तान र ताजिकिस्तानले भने फाइनल चरणमा स्थान बनाएका छन् । फाइनल चरणको खेल फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।