२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढी शुल्क असुल्ने नेसनल मेडिकल कलेज विरुद्द विद्यार्थी आन्दोलित



अ+ अ-

वीरगन्ज । सरकारले तोकेभन्दा बढी शुल्क असुलेको विरोधमा वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा विद्यार्थीले आन्दोलन गरेका छन् । एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीबाट बढी शुल्क उठाएको भन्दै चिकित्सा शिक्षा सुधार संघर्ष समिति आन्दोलनमा उत्रिएको हो । कलेजले तोकेको शुल्क नबुझाए परीक्षा नै दिन नमिल्ने धम्की दिँदै बढी रकम उठाएको विद्यार्थीको गुनासो छ ।

सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार शुल्क तोकेकोमा नेसनलले पहिलो वर्षका विद्यार्थीबाट ५५ देखि ६० लाखसम्म उठाएको विद्यार्थीले जनाएका छन् । कलेजले परीक्षा रजिस्ट्रेसन शुल्क ३५ हजार, लाइब्रेरी शुल्क ३५ हजार, ल्याब शुल्क ३५ हजार, प्रमोसन शीर्षकमा एक लाख २५ हजार, होस्टल ८५ हजार, मेस शुल्क ९० हजार, विलम्ब शुल्क १६ हजार आठ सय र अन्य शीर्षकमा ४० हजार उठाएको छ ।

‘कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले अभिभावकलाई समेत बोलाएर डर, त्रास र धम्की दिँदै बढी शुल्क तिर्न बाध्य गराएका छन्,’ एक विद्यार्थीले गुनासो गरे । विद्यार्थी–अभिभावकलाई धम्क्याउँदै उठाएको शुल्क फिर्ता नगरेसम्म आन्दोलन नरोक्ने संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए । ‘नेसनल मेडिकल कलेजले विगतदेखि नै विद्यार्थीसँग गैरकानुनी रूपमा बढी रकम उठाएर दुःख दिँदै आएको छ । त्यो रकम फिर्ता नगरेसम्म अब आन्दोलन रोकिँदैन,’ चन्दले भने ।

विद्यार्थीले बढी असुलेको शुल्क फिर्ताको माग राख्दै गरिएको शान्तिपूर्ण आन्दोलनमा कलेजले बाउन्सर लगाएर हातपात गरेको बताएका छन् । चिकित्सा शिक्षा सुधार संघर्ष समितिका प्रवक्ता नरेश भट्टले कलेजअगाडि प्रदर्शनका क्रममा ब्यानर र माइक तोडफोड गरेर हातपात भएको बताए । ‘शोषित विद्यार्थी शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा गुन्डा लगाएर हातपात गरिएको छ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट