१ असार २०८३, सोमबार
,
Latest
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर



अ+ अ-

कालीकोट। कालीकोटको दुर्गम गाउँ पलाँतामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ७४६ जनाले उपचार सेवा पाएका छन् ।

पलाँता गाउँपालिका–४ छलाहाँमा गत जेठ ३० र ३१ गते सञ्चालित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ७४६ जनाले उपचार सेवा पाएका पाएको जनाइएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटबाट खटिएको २५ सदस्यीय विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोलीले दुई स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

शिविरमा आठ जना विशेषज्ञ चिकित्सक सेवा प्रदान गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । ।

शिविरमा परिवार योजना सेवा, सामान्य रोग उपचार, पाठेघरको मुखको क्यान्सर परीक्षण, भिडियो एक्सरे, दन्त सेवा, प्रयोगशाला सेवा, फिजियोथेरापी सेवा तथा निःशुल्क औषधि वितरणलगायतका सेवाहरू उपलब्ध गराइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयकाकालीकोटका व्यवस्थापक डा रत्नवीर सुनारले बताउनुभयो ।

शिविरमा पाठेघरको मुखको जाँच २११, प्रयोेगशाला सेवा ५१ जना, फिजियोथेरापी सेवा ५६ जना, युसजी सेवा, दुई ६२ जना र दन्त सेवा ४३ जनालाई गरिएको डा सुनारले बताउनुभयो ।

“शिविरमा दम, मुटुसम्बन्धी समस्या, उच्च रक्तचाप, मधुमेहलगायत नसर्ने रोगहरूको परीक्षण गरिएको छ”, उहाँले भन्नुभयो, “दुर्गम गाउँमा पहिलोपटक निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।” रासस




भर्खरै