काठमाडाैँ । अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ । अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको बताइएको छ ।
आँखा उपचारका लागि भैरहवा अथवा बुटवल झर्नुपर्ने सास्ती अन्त्य भएको छ । नेपाल नेत्रज्योति सङ्घको ३० आाैँ केन्द्रीय सभाको अधिवेशनमा सङ्घका सस्थापक प्रा डा रामप्रसाद पोखरेल, कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले रेसुङ्गा नगरप्रमुख खिलध्वज पन्थीलाई प्रदान गर्नुभयो ।
सो अवसरमा नगरप्रमुख पन्थीले आफूले कार्यपालिकाको पहिलो बैठकबाट आँखा उपचार सेवा सबै नागरिकको पहुँचमा पु¥याउने निर्णय गरेको जानकारी दिँदै अहिले नगर क्षेत्रमा आर्थिक अभावका कारण नगरवासी आँखा उपचार सेवाबाट वञ्चित हुन नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आँखा उपचारका लागि भैरहवा अथवा बुटवल झर्नुपर्ने सास्ती अन्त्य भएको छ ।”
उहाँका अनुसार नगरपालिकाले गुल्मी अस्पतालमा मिर्गाैलाका बिरामीको लागि डायलासिस सेवा सञ्चालन गर्न सहयोग गरेको छ । यसबाट हाल ४० जना बिरामी लाभान्वित भइराखेका छन् । साथै दम तथा निमोनियाका बिरामीका लागि नगरपालिकाले घर घरमा नै अक्सिजन कन्सटे«टर उपलब्ध गराइरहेको छ । यसबाट करिब २०० बिरामी लाभान्वित भएका जनाइको छ । सङ्घले सो सम्मान गोरखा नगरपालिकालाई पनि प्रदान गरेको थियो ।












