१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुदान नआउँदा मदरसा बन्द हुने अवस्थामा



अ+ अ-

सुर्खेत । सरकारले दिँदै आएको अनुदान कटौती भएपछि सुर्खेतको मदरसा मदिना विद्यालय सङ्कटमा परेको छ । माध्यमिक तहसम्म सञ्चालनमा रहेको मुस्लिम समुदायको धार्मिक विद्यालय आर्थिक सङ्कटको चपेटामा परेको छ ।

आर्थिक अभावका कारण वीरेन्द्रनगर १० बेलघारीमा रहेको मुस्लिम समुदायको विद्यालयको अवस्था अहिले दयनीय अवस्थामा छ । तेह्र वर्ष अघिदेखि सञ्चालनमा आएको मदिना स्कूल चन्दा र अनुदानको भरमा चलिरहेको छ । झण्डै ९८ प्रतिशत मुस्लिम समुदायका बालबालिका अध्ययनरत उक्त विद्यालयमा उर्दु, अरबी, अङ्ग्रेजी र नेपाली भाषामा अध्ययन अध्यापन हुँदै आइरहेको छ ।

आवश्यक दरबन्दी, भाषागत शिक्षक नहुँदा र सरकारले दिँदै आएको अनुदान रकम कटौती भएपछि मदरसा विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । विद्यालयका २० जना कर्मचारीमध्ये नौ जनालाई सरकारी अनुदानको रकमबाट र अन्य कर्मचारीलाई रमजान पर्वको अवसरमा चन्दा उठाएर तलब खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अहम्मद रज्जाले बताउनुभयो ।

“मदरसा सञ्चालनमा कठिनाइ भएपछि आधुनिक शिक्षामा समायोजन गरी सञ्चालन गर्दा सरकारले अनुदान र शिक्षक दरबन्दी दिने भनिएपनि आवश्यक शैक्षिक सहयोग पाएका छैनाँै”, उहाँले भन्नुभयो, “आर्थिक अभावले विद्यालय चलाउनै समस्या परेको छ ।”

प्राथमिक र निम्नमाध्यमिक विद्यालय मात्रै सञ्चालन गर्दा मुस्लिम समुदायका विद्यार्थीले पढाइ छोड्ने भएपछि माध्यमिक तहसम्म सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जाले बताउनुभयो । माध्यमिक तहसम्म सञ्चालन गर्दा भौतिक पूर्वाधार तथा शिक्षकको अभावमा विद्यालय सञ्चालन गर्न सकस भएको उहाँको भनाइ छ । सरकारले दिँदै आएको अनुदान पनि कम हुँदै जानुले थप समस्या परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जाले बताउनुभयो ।

नेपाल सरकारले दिँदै आएको अनुदान रकम कटौती भएपछि विद्यालय सञ्चालनमा कठिनाइ भएको नगर शिक्षाका उपसचिव ललितबिक्रम सिंहले बताउनुुभयो । “सुर्खेतमा दुई वटा मदरसा सञ्चालन हुँदै आएका छन्’ उहाँले भन्नुभयो, त्यसमध्ये फैजुल प्राथमिक विद्यालय वीरेन्द्रनगरमा कुनै पनि शिक्षक दरबन्दी र अनुदान छैन भने मदिना माध्यमिक विद्यालय बेलघारीमा साढे पाँच लाख अनुदान रकम आएको छ ।”

नगर शिक्षा उपसचिव सिंहका अनुसार माध्यमिक विद्यालय र प्राथमिक विद्यालय सञ्चालन भएका मदरसामा आवश्यक अनुदान र शिक्षकको दरबन्दी नहुँदा विद्यालय सञ्चालनमा कठिनाइ भएको छ ।