१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेल बिक्री नहुँदा खेती गर्ने किसान चिन्तित



अ+ अ-

कञ्चनपुर । जडीबुटी खेतीबाट मनग्य आम्दानी हुने थालेपछि व्यावसायिक रुपमा आबद्ध किसानहरु उत्पादन भएको तेल बिक्री नहुँदा निराश छन् । कञ्चनपुरका विभिन्न स्थानीय तहका किसानहरु नगदे आम्दानी हुन थालेपछि जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेको भए पनि समयमा उत्पादन भएको तेल बिक्री नभएको स्थानीयको दुखेसो छ ।

“अघिल्ला वर्षहरुमा दशैँ, तिहार अगाडि नै तेल खरीदका लागि गाउँमै आउँथे ।” यहाँको बेदकोट नगरपालिकाको जडीबुटी समूहकी अध्यक्ष पाना बोहराले रासससित भन्नुभयो, “अहिले दोहो¥याएर खेती गर्ने बेला पनि क्यामामाइलको तेल बिक्री भएन ।” उहाँले क्यामामाइल नामक जडीबुटीको तेल प्रतिलिटर रु ५५ हजारदेखि रु ६० हजारसम्म बिक्री हुने गरेको बताउनुभयो ।

बेदको नगरपालिका–६ धरमपुरका ४० जनाभन्दा बढी किसानले उत्पादन गरेको जडीबुटीको तेल बिक्री नभएको बोहराको भनाइ छ । त्यसैगरी धरपुरकै किसान धनबहादुर बोहराले तीन बिघामा क्यामामाइल खेती गरेको बताउनुभयो । “अन्न खेतीबाट जडीबुटीमा लागें” बोहराले भन्नुभयो, “उत्पादन गरेको तेल धन्किदा गुजारा चलाउन मुश्किल पर्ला जस्तो छ ।”

उहाँले दुई बिघा जमीन भाडामा लिएर जडीबुटी खेती गरिरहेको बताउनुभयो ।
यहाँका किसानहरु बिगत नौ वर्षदेखि जडीबुटीको खेती गरिरहेका छन् । “गाउँमा तेलमा दलाली गर्नेहरु आएपनि तेल खरीद गर्ने व्यापारी भने आएका छैनन् ।” बोहराले भन्नुभयो, “तेलमा कमिसन खान खोज्नेहरु सक्रिय छन् ।”

यहाँका नौ वटै स्थानीय तह र विभिन्न सामुदायिक वन गरी दुई हजार ५३० कठ्ठामा क्यामामाइल खेती हुँदै आएको तथ्याङ्कमा देखिन्छ । उत्पादित जडिबुटीको तेल कस्मेटिक सामग्री र औषधिमा प्रयोग हुने गरेको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष श्यामराज भट्टले भारतलगायत तेस्रो मुलुकमा निर्यात हुने गरेको बताउनुभयो ।

“यहाँका भन्सार नाकाबाट बढी निर्यात हुने नै क्यामामाइलको तेल हो”, उहाँले भन्नुभयो, “तर अहिले भारतीय बजारहरुमा पनि यसको माग घट्दो अवस्थामा छ ।” यहाँका जडीबुटी खेतीमा जिल्लाभरि ५०० भन्दा बढी किसान आबद्ध छन् ।