१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकको जीवन रक्षा पहिलो प्राथमिकतामा



अ+ अ-

काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्मा नागरिकको जीउधनको रक्षा सशस्त्र प्रहरीको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २५औँ स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले सरोकारवाला पक्षसँग आवश्यक समन्वय र सहकार्य गरी खटिन सकलदर्जालाई निर्देशन दिनुभयो ।

“गण्डकीका विभिन्न ठाउँमा सशस्त्र प्रहरीका युनिट विस्तार, विपद् व्यवस्थापन वेस स्थापना र रेस्क्यु टावरमा खटिएका टोलीले गरेका कार्य तथा उच्च भू–भाग तथा हिमाली क्षेत्रमा गरेका उद्धार प्रशंसनीय छ”, महानिरीक्षक पौडेलले भन्नुभएको सशस्त्र प्रहरी बलले जनाएको छ । रासस