२ असार २०८३, मंगलवार
,
Latest
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत अर्थ मन्त्रालयको पुनर्संरचना र एमसीसीको बजेट कटौती गर्न सांसद तामाङको माग मन्त्री अनुपस्थितिको विषय उठेपछि प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित अर्थ मन्त्रालयले बजेट थुपारेर राखेको भन्दै एमाले सांसद कँडेलद्वारा विनियोजन प्रणालीमाथि प्रश्न बजेटले जनअपेक्षा सम्बोधन गर्न सकेन, करका दर र अर्थमन्त्रीको कार्यशैलीमाथि संसदीय छानबिन हुनुपर्छः मुख्य सचेतक… अदालतमा सार्वजनिक चासोका मुद्दाः नक्कली भूटानी शरणार्थी प्रकरणमा फैसला नजिक, भट्ट–अग्रवालको थुनछेक बहस नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णय अव्यहारिक : रास्वपा सांसद कार्की विनियोजन विधेयकमाथि छलफल जारीः खर्च कटौतीका प्रस्ताव प्रस्तुत सरकारले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनका लागि प्राथमिकता नदिनु अत्यन्तै दुःखद् छः रमेश मल्ल संयुक्त राष्ट्रसङ्घद्वारा अमेरिका–इरान सम्झौताको स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. संगीता सहित ८ जनाले पाए सफाइ



अ+ अ-

काठमाडौँ । विशेष अदालतले सोमबार पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा। संगीता मिश्रसहित ८ जनालाई सफाइ दिएको छ ।

म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा मिश्रसहित ८ जनालाई सफाइ दिएको अदालतले विवेक कुमार लाल, भुवन प्रसाद काफ्ले, दिपक अधिकारी, यादव प्रसाद देवकोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकालले सफाइ दिएको हो । अदालतले खरिद प्रक्रियामा उनीहरूको प्रत्यक्ष संलग्नता नभएको भन्दै विशेष अदालतले सफाइ दिएका हो ।

​डा. मिश्र स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा उक्त खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । तर, अदालतले यस प्रकरणमा उनीहरूको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै सफाइ दिने निर्णय गरेको हो ।

विशेष अदालतले सफाइ दिएसँगै डा. मिश्रालाई स्वास्थ्यको अतिरिक्त सचिवमा फर्किने बाटो खुला भएको छ ।

अदालतले स्वास्थ्य सेवा विभागका तत्कालीन व्यवस्थापन महाशाखा प्रमुख सुरेन्द्रप्रसाद चौरासिया, श्रवणकुमार थापा, आशिष चौहान, पद्या मिश्र र संजयकुमार साह लाई दोषी ठहर गरेको छ ।

अदालतले उनीहरूलाई चार महिना कैद र बिगो बराबरको सजाय सुनाइएको छ। अदालतले मेमोग्राफी मेसिन आपूर्ति गर्ने माक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्राइभेट लिमिटेडका सुन्दर भुसाललाई पनि ४ महिना कैद सजाय ठहर गरेको छ ।

 

 




भर्खरै