३ असार २०८३, बुधबार
,
Latest
स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको छः स्वास्थ्यमन्त्री मेहता स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणमा सरकार प्रतिवद्ध छः स्वास्थ्यमन्त्री मेहता सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलको गुनासो : ‘स्पोन्सरशिप पाउन ठूलो संघर्ष गर्नुपर्‍यो’ विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने नेपाल वायुसेवा निगमलाई उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको छः पर्यटनमन्त्री पौडेल प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडैः मुख्यमन्त्री कार्की सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन पूर्वाधार विकास सरकारको प्राथमिकताः पर्यटनमन्त्री यार्सागुम्बा र हिमाली जडीबुटी प्रवद्र्धनमा सरकारी पहल नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती विश्वविद्यालयले नयाँ कार्यक्रम विस्तार गर्दै स्नातकोत्तर कक्षा सञ्चालन गर्ने तयारी



अ+ अ-

काठमाडाैँ । बागमती विश्वविद्यालय विभिन्न नयाँ कार्यक्रमका साथ विद्यार्थीे र अभिभावकलाई आकर्षित गर्दै अघि बढिरहेको छ । विश्वविद्यालयले एक वर्षयता व्यवस्थापन र कानुन, विज्ञान तथा प्रविधि, शिक्षा तथा सामाजिक विज्ञान सङ्कायमा स्नातक तहको कक्षा सञ्चालन गरिरहेको छ ।

युगको मागअनुुसारका विषय एवं पाठ्यक्रममा जोड दिइएको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज)का अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिनुुभयो । उहाँका अनुुसार विश्वविद्यालयले हालसम्म विभिन्न विषयका १४ वटा पाठ्यक्रम तयार गरिसकेको छ भने यस वर्षदेखि स्नातकोत्तर तहका कक्षासमेत सञ्चालन गर्नेछ ।

संविधानतः उच्च शिक्षालाई प्रदेश तहमा जिम्मेवारी दिएअनुरुप २०८१ साल जेठ २५ गते उक्त विश्वविद्यालय स्थापना भएको थियो । अध्यक्ष पौडेलले भन्नुुभयो, “यसै वर्षदेखि स्नातकोत्तर तहमा एमएड, एमबिए र मास्टर इन इन्सुरेन्स एन्ड रिस्क म्यानेजमेन्ट (एमआरआइएम)का कक्षा सञ्चालन गर्दैछौँ भने स्नातक तहमा कम्युटर इन्जिनियरिङ, बिएएलएलबी, बिएचएमजस्ता विषय थप्न लागेका छौँ ।”

विश्वविद्यालयअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा माडी क्याम्पस चितवन, हेटौँडा क्याम्पस मकवानपुर, जनमैत्री क्याम्पस काठमाडौँ, भुवानीशङ्कर क्याम्पस चितवन, चैतन्य क्याम्पस काभ्रेपलाञ्चोक र कपन क्याम्पस काठमाडौँ रहेका छन् । विश्वविद्यालयका सबै गरी आङ्गिक क्याम्पसमा हाल ५५० जना विद्यार्थी अध्ययनरत छन् ।