३ असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशनः राजनीतिसँगै पर्यटनको सङ्गम बन्दै चितवन हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान रौतहटमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति घट्यो, चालु आवमा ४८ जनाको मृत्यु चिया निर्यातको समस्या समाधानमा कूटनीतिक प्रयास जारी छः उद्योगमन्त्री गौरीकुमारी काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान सञ्चार क्षेत्रको सुधार र पूर्वाधार विस्तारमा सरकारको सक्रियता, ७७ वटै सदरमुकाममा एफटीटीएच सेवा साना किसान र युवा स्वरोजगार प्राथमिकतामा रहेको मन्त्री चौधरीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम संस्कृति पार्टीका सांसदद्वारा प्रतिनिधिसभा बैठकमा बेल घेराउ



अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा बेल घेराउ गरेका छन्। विनियोजन विधेयक २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा छलफल चलिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले सांसदहरूले उठाएका प्रश्नको स्पष्ट जवाफ नदिएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

विरोधका क्रममा श्रम संस्कृति पार्टीका सांसदहरूले बेल घेराउ गर्दै बैठक अवरुद्ध गरेका थिए। स्थिति केही तनावपूर्ण बनेपछि सभामुख डी.पी. अर्यालले उनीहरूलाई सभाको मर्यादा पालना गर्न सचेत गराएका थिए।

त्यसअघि मन्त्री कुमारीले सांसदहरूको प्रश्नको जवाफ दिइरहेकै क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) बीचमै उठेर आफ्ना भनाइ दोहोर्‍याउन थालेपछि बैठकको वातावरण केही असहज बनेको थियो।

सभामुख अर्यालले नियमअनुसार एक पटक स्पष्टीकरणमाथि पुनः स्पष्टीकरण दिन नमिल्ने भन्दै उनलाई आसन ग्रहण गर्न आग्रह गरेका थिए।