३ असार २०८३, बुधबार
,
Latest
स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको छः स्वास्थ्यमन्त्री मेहता स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणमा सरकार प्रतिवद्ध छः स्वास्थ्यमन्त्री मेहता सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलको गुनासो : ‘स्पोन्सरशिप पाउन ठूलो संघर्ष गर्नुपर्‍यो’ विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने नेपाल वायुसेवा निगमलाई उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको छः पर्यटनमन्त्री पौडेल प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडैः मुख्यमन्त्री कार्की सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन पूर्वाधार विकास सरकारको प्राथमिकताः पर्यटनमन्त्री यार्सागुम्बा र हिमाली जडीबुटी प्रवद्र्धनमा सरकारी पहल नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहदानी छपाइ अनियमितता प्रकरणमा थप दुई पक्राउ



अ+ अ-

काठमाडौं । राहदानी छपाइमा अनियमितता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जर्मनी कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अख्तियार स्रोतले जनाएको छ ।

उनीहरूविरुद्ध ३ दिनको म्याद थप गरिसकिएको छ ।

यसअघि सोही प्रकरणमा अख्तियारले राहदानी विभागका तत्कालीन महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई पनि पक्राउ गरिसकेको थियो । उनीहरूको हकमा ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रकरणसँग सम्बन्धित व्यक्तिहरूको संख्या बढेसँगै अनुसन्धान थप गहिरिँदै गएको देखिएको छ ।