३ असार २०८३, बुधबार
,
Latest
सहकारी पीडितहरुको लागि वितरण गरिएको बजेट राज्यकोषको होइनः मन्त्री रावल स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको छः स्वास्थ्यमन्त्री मेहता स्वास्थ्य क्षेत्रको सुधार र सुदृढीकरणमा सरकार प्रतिवद्ध छः स्वास्थ्यमन्त्री मेहता सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलको गुनासो : ‘स्पोन्सरशिप पाउन ठूलो संघर्ष गर्नुपर्‍यो’ विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने नेपाल वायुसेवा निगमलाई उकास्नका लागि उपयुक्त मोडलको खोजी भइरहेको छः पर्यटनमन्त्री पौडेल प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडैः मुख्यमन्त्री कार्की सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन पूर्वाधार विकास सरकारको प्राथमिकताः पर्यटनमन्त्री यार्सागुम्बा र हिमाली जडीबुटी प्रवद्र्धनमा सरकारी पहल नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन



अ+ अ-

काठमाडाैँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले वन्यजन्तुबाट हुने क्षति घटाउन तथा प्रभावित परिवारलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो ।

मन्त्री चौधरीले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० अनुसार हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, मगर गोही, अजिङ्गर, बाँदर, बँदेल तथा नीलगाईसहित १६ प्रजातिका वन्यजन्तुबाट मानव जीवन, पशुधन तथा बालीमा पुगेको क्षतिका लागि राहत उपलब्ध गराइँदै आएको जानकारी दिनुभयो ।

उहाँले आगामी आर्थिक वर्षका लागि पहिलोपटक ‘मानव–वन्यजन्तु सहअस्तित्व’ शीर्षकमा छुट्टै बजेट उपशीर्षक व्यवस्था गरिएको उल्लेख गर्दै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न रु ४१ करोड ११ लाख विनियोजन गरिएको बताउनुभयो । वन तथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको बासस्थान सुधार, आहार व्यवस्थापन, वैकल्पिक खेती प्रणाली तथा इको–टुरिजम प्रवद्र्धनमार्फत स्थानीय समुदायको जीविकोपार्जनमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

मन्त्री चौधरीका अनुसार चितुवा र बाघका कारण उत्पन्न समस्या समाधानका लागि गठित कार्यदलको प्रतिवेदन प्राप्त भइसकेको छ । उक्त प्रतिवेदनका सुझाव अध्ययन गरी क्रमिक रूपमा कार्यान्वयन गरिनेछ । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी अध्ययनका लागि गठन गरिएको समितिले प्रतिवेदन बुझाएलगत्तै आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

मुलुकको पूर्वी भागमा हात्तीका कारण उत्पन्न समस्याप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री चौधरीले स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार तथा सरोकार भएकाहरूबाट प्राप्त सुझावका आधारमा समस्याको दीर्घकालीन समाधानका लागि ठोस कदम चालिने बताउनुभयो ।