२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारको चारै दिशाको प्रबलीकरण: भूकम्पबाट पुर्णरुपमा सुरक्षित



अ+ अ-

काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्रको मुख्य भवनको चारै मोहडाको प्रबलीकरण सुरु भएको छ । भूकम्पबाट क्षति भएको सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण गरिएसँगै चारै मोहडाको निर्माण सुरु भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंहदरबारको मुख्य भवनको पूर्व, उत्तर र दक्षिणी भागको मर्मतसम्भार तीव्र रूपमा गर्दै आएकोमा मंगलबारबाट पश्चिम मोहडाको प्रबलीकरण सुरु गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातात्विक महत्व र पहिचान कायम हुनेगरी सिंहदरबारको प्रबलीकरण सुरु गरेको बताए । सम्पदाविद्ले सम्पदाका रूपमा मात्र भए पनि सिंहदरबारलाई प्रबलीकरण गरेर जोगाउन सुझाव दिएका थिए । ‘हामीले त्योभन्दा अघि बढेर राज्यका महत्वपूर्ण कार्यक्रममा समेत प्रयोग हुनेगरी बलियो र सुरक्षित प्रबलीकरण गर्दै छौं,’ प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘त्यसैको तयारीले गर्दा पनि पश्चिम मोहडाको काम सुरु गर्न बढी समय लाग्यो ।’

सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा–गौरी पार्वती–न्यु टेक्निकल जेभीबीच एक साताअघि ठेक्का सम्झौता भएको थियो । जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको छ । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडाको १५ महिनादेखि प्रबलीकरण जारी छ । निर्माण व्यवसायीका अनुसार उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत कार्य सम्पन्न भएको छ ।

प्राधिकरणले सिंहदरबारको मुख्य भवनलाई ८.८ रेक्टर स्केलको भूकम्पबाट क्षति नपुग्ने गरी पुनर्निर्माणअन्तर्गत प्रबलीकरणको काम अगाडि बढाएको बताएको छ । प्राधिकरणले भूकम्पले चर्काएको सिंहदरबारको मुख्य भवनको पश्चिमी मोहडालाई करिब यसअघि प्रबलीकरण (रेट्रोफिटिङ) गर्ने निष्कर्ष निकालेको थियो । प्राधिकरणले सिंहदरबारको मुख्य भवनको पश्चिम मोहडाको भागलाई पुनर्निर्माण गर्ने तयारी गरेपछि पुनः सबलीकरण गर्ने निर्णय गरेको थियो । प्राधिकरणले सबलीकरणकै आधारमा ८.८ रेक्टर स्केलको भूकम्प आउँदा पनि केही नहुने गरी डिजाइन तयार भएको जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले गत चैतमा संघीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा पश्चिमी मोहडालाई पनि सबलीकरण गरिने जानकारी गराएका थिए ।
सीईओ ज्ञवालीका अनुसार पुरानै कलाकृतिको संरक्षण हुनेगरी आवश्यक काठ, स्टिललगायतका सामग्री फेर्ने काम भइरहेको छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले १९६९ सालमा माटोले जोडेर सिंहदरबार निर्माण गरेका थिए ।

सिंहदरबार चुना, सुर्की, मासको दाललगायतको मिश्रणबाट तयार गरिएको बज्रबाट लिउन लगाई युरोपेली शैलीमा निर्माण भएको थियो । १ हनार ७ सय कोठा भएको सिंहदरवबार २०३० सालको आगलागीले अधिकांश भाग नष्ट भएपछि बचेको भागलाई नै प्रधानमन्त्री बस्ने भवनको रूपबाट चिनिने गरिन्छ । राजधानी दैनिकबाट