२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

झिनो अङ्कले बढ्यो नेप्से



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४० विन्दुले बढेर एक हजार १३४.७९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५० विन्दुले बढेर २४८.४९ विन्दुमा पुगेको छ ।

कारोबार रकम सोमबारकै हाराहारीमा रहेको छ । कूल १५५ कम्पनीको ६ लाख ४५ हजार ४५३ कित्ता शेयर रु १६ करोड ५२ लाख ९६ हजार पाँच बराबरको कारोबार भएका छन् । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये छ उपसमूहको शेयर बढेको छ भने पाँच उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.४५, विकास बैंक १.६२, जलविद्युत् १.३७, उत्पादन ९.४५, लघुवित्त १.२७, जीवन बीमा १९.०६ विन्दुले बढेको छ ।

यस्तै होटल ७.९९, वित्त ०.३, निर्जीवन बीमा १७.७१, अन्य ३.४३ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । स्टकका अनुसार आज कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड ३२ लाख २३ हजार ५५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै प्रभु बैंक रु एक करोड तीन लाख १५ हजार ६०३, एनआईसीएशिया बैंक रु ९४ लाख ६३ हजार ८४६, एभरेष्ट बैंक रु ८६ लाख ९८ हजार १७, एनसीसी बैंक रु ६१ लाख ७१ हजार ५०७, नेपाल इन्भेस्टमेन्ट बैंक रु ५८ लाख ६० हजार ६१८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार लक्ष्मी इक्विटी फण्ड ५.३०, हिमालयन डिस्टिलरी ३.९९, सूर्या लाइफ इन्स्योरेन्स ३.४६, सिद्धार्थ इन्स्योरेन्स २.९४ र विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.५६ प्रतिशतले कमाए ।

यस्तै, एभरेष्ट बैंक लिमिटेड ४.९६, रिलायन्स फाइनान्स ४.४२, सगरमाथा इन्स्योरेन्स ४.०७, आशा लघुवित्त वित्तीय संस्था ४.०५, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.९६ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.३३ प्रतिशतले गुमाए ।