४ असार २०८३, बिहीबार
,
Latest
काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी मनसुनलाई लक्षित गर्दै विपद् प्रतिकार्य तयारीलाई तिब्र बनाएको जनाएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले करिव एक साताभित्रै मनसुनजन्य जोखिमलाई ध्यानमा राखेर प्रतिकार्यमा पूर्ण रूपमा जुट्नुपर्ने अवस्था रहेको बताए ।

उनकाअनुसार जल तथा मौसम विज्ञान विभागले दिएको मनसुन पूर्वानुमानअनुसार यस वर्ष सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेपनि केही स्थानमा एकैपटक अत्यधिक वर्षा हुन सक्ने देखिएको छ ।

यस्तो अवस्थाले स्थानीय रूपमा ठूलो विपद् निम्त्याउन सक्ने उनको भनाइ छ । सोहीअनुसार तयारीलाई व्यवस्थित बनाइएको उनले जानकारी दिए । उनले विभिन्न मन्त्रालयलाई ‘क्लस्टर लिड’ र ‘को–लिड’ को जिम्मेवारी दिएर आ–आफ्नो क्षेत्रगत तयारी अगाडि बढाएको बताए ।

गैरसरकारी क्षेत्रलाई समेत एकीकृत गर्दै सरकारी तथा गैरसरकारी निकायबिच सहकार्यको संयन्त्र पनि तयार गरिएको उनको भनाइ छ । प्राधिकरणले बिहीवार गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मनसुनजन्य विपद्का लागि प्रतिकार्य पूर्वतयारीका बारेमा छलफल गरेको उनले जानकारी दिए ।

छलफलमा गृहमन्त्री गुरुङले देशभरका गोदामघर तथा विभिन्न सरोकारवाला निकायसँग रहेका राहत तथा उद्धार सामग्रीको एकीकृत विवरण तयार गर्न निर्देशन दिएको बताए ।

कोईरालाकाअनुसार गृहमन्त्री गुरुङले विपद्का बेला आवश्यक सामग्री कहाँ–कहाँ छन्, कुन सामग्री कसरी परिचालन गर्न सकिन्छ, उद्धार तथा प्रतिकार्यमा खटिने जनशक्ति को हुन् भन्ने सम्पूर्ण विवरण एकीकृत डिजिटल प्रणालीमा राख्नुपर्नेमा जोड दिएका थिए । आवश्यक सूचना प्राप्त हुने, सामग्री र जनशक्ति परिचालनमा अन्योल नहुने तथा समन्वय सहज हुने गरी कम्प्युटर प्रणालीलाई प्रभावकारी बनाउन पनि गृहमन्त्रीले निर्देशन दिएको उनले जानकारी दिए ।

गृहमन्त्रीको निर्देशनअनुसार प्राधिकरणले आफ्नो प्रणालीमा आवश्यक परिमार्जन गर्ने प्रमुख कोईरालाको भनाइ छ । गृहमन्त्रीको मुख्य निर्देशन जनधनको क्षति न्युनतम बनाउनेतर्फ केन्द्रित रहेको कोइरालाले बताए ।

उनकाअनुसार गृहमन्त्रीले विपद्का घटनाबारे नियमित अद्यावधिक अभिलेख राख्ने, सूचना प्रणाली सुदृढ बनाउने तथा समन्वय संयन्त्रलाई प्रभावकारी बनाउँदै प्रतिकार्यमा सबै निकायलाई निर्देशन दिएका थिए।

कोईरालाकाअनुसार प्राधिकरणले विपद् व्यवस्थापनका तीनवटै चरण – पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभमा काम गर्दै आएको छ । ती तीन वटै कार्यको प्रदेश सरकार र स्थानीय तहको भुमिका अझ महत्वपूर्ण रहेको उनले बताए ।




भर्खरै