काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि बोलाउनु भएको न्यायसेवा आयोगको बैठक अन्य सदस्यहरु अनुपस्थित हुने भएका छन् ।
जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न प्रधानन्यायाधीश राणाले आज अपराह्न ३ बैठक डाक्नु भएको थियो । तर आयोगका सदस्यहरु कानून मन्त्री दिलेन्द्रप्रसाद बडू, वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की, महान्यायाधीवक्ता खम्बबहादुर खाती अनुपस्थित हुने स्रोतले जानकारी दियो ।
आयोगका सदस्य एवं लोकसेवा आयोगमा अध्यक्ष माधव रेग्मी उपत्यका बाहिर रहनु भएका कारण उहाँ पनि बैठकमा सहभागी हुने अवस्था छैन ।
संविधान अनुसार आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने व्यवस्था छ ।












