१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

झिनियाँ बनाउन व्यस्त महिला उद्यमी



अ+ अ-

गलकोट । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै झिनियाँको माग बढ्न थालेको छ ।

तिहार रङहरुको पर्व भएका कारण त्यसका लागि सप्तरङ्गी झिनियाँको मागसमेत अत्याधिक हुनेगरेको छ । तिहारलाई आवश्यक झिनियाँका परिकार निर्माण गर्न बागलुङका उद्यमी यतिबेला निकै व्यस्त छन् ।

बागलुङ, पर्वत तथा म्याग्दीलगायत जिल्लाबाट झिनियाँ रोटीको माग हुन थालेकाले बनाउन भ्याइनभ्याई भएको सम्बद्ध उद्यमी बताउछन् ।
भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीको रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहेकामा अन्य चाडवाडमा पनि यसको माग बढ्न थालेकाले बाह्रैमहीना झिनियाँ रोटी बनाइने भए पनि तिहारको समयमा भने माग पु¥याउन धौधौ भएको उनीहरूको भनाइ छ ।

दशैंँ र तिहारलाई लक्ष गरेर दुई महीना अगाडि देखि नै झिनियाँ रोटी बनाउन थालिन्थ्यो तर यसपाली वर्षका कारण पहिलै झिनियाँ तयार गर्न मुस्किल भएकाले अहिले उत्पादन गर्न हतार भएको बागलुङ बजारस्थित मरेपिपलकी मीरा श्रेष्ठ बताउनुहुन्छ । तिहारको बेलामा भने झिनियाँको माग अत्याधिक हुने गर्दछ । “दशैँसम्मै वर्षा भएका कारण यसवर्ष लक्ष्य अनुसार झिनियाँ उत्पादन गर्न सकेका छैनाँै’ उद्यमी श्रेष्ठ भन्नुहुन्छ, “यहीँ बेला रू चारदेखि पाँच लाखसम्मको झिनियाँका परिकार उत्पादन गर्ने लक्ष्य छ ।” उद्यमीहरु बिहान तीन बजेदेखि नै उठेर झिनियाँ निर्माणमा व्यस्त हुने गरेका छन् ।

“अहिले झिनियाँको माग अत्याधिक छ” अर्का उद्यमी कुसुम बुढा बताउनुहुन्छ, “तिहारमा यसको महत्व भएकाले माग ह्वात्तै बढेको छ ।” उहाँका अनुसार रू एक हजार पाँचसयको चामलबाट करीब रू दुई हजार पाँचसयदेखि रू तीन हजारसम्मको झिनियाँ उत्पादन गर्न सकिन्छ । होलसेलमा प्रतिदर्जन रू १००मा तथा फुटकरमा रू १५०मा झिनियाँ बिक्री गर्दै आइरहेका उद्यमीहरु यतिबेला यसलाई तयार गरेर सुकाउनमै व्यस्त छन् ।