५ असार २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान



अ+ अ-

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय मानवतावादी मामिलाका उप–महासचिव टम फ्लेचरले गाजा पट्टीले युद्धविरामको छ महिना विति सक्दा पनि प्यालेस्टिनीहरू असुरक्षा र सफा पानी, स्वास्थ्य सेवा र शिक्षाको पहुँचको अभावमा गम्भीर सङ्कटको सामना गरिरहेको जनाउनु भएको छ ।

फ्लेचरले संयुक्त राष्ट्र सुरक्षा परिषद्को सत्रमा बोल्दै संयुक्त राज्य अमेरिका र इरान बीचको सम्झौता र लेबनानमा तत्काल युद्धविरामको आशाबीच गाजाका समस्यामा ध्यान दिनु पर्ने बताउनु भएको छ । तीन वर्षको युद्धमा करिब ६० जना सहायताकर्मीको हत्या भएको सम्झना गर्दै उहाँले सहायता पुर्याउन गाजा पट्टी विश्वको सबै भन्दा खतरनाक ठाउँ भएको बताउनु भएको छ ।

संयुक्त राष्ट्रसङ्घका उपमहासचिवले गाजाको ७० प्रतिशत जनसङ्ख्यालाई पर्याप्त आश्रयको आवश्यकता रहेको, जनाउदै एउटा अस्पताल पनि पूर्ण रूपमा सञ्चालनमा नभएकाले जनाताको अवस्था बिग्रँदै गएको बताउनु भएको छ । इजरायली कब्जा बलहरूले जेनेरेटर, इन्जिन तेल र स्पेयर पाट्र्सको प्रवेशमा सबै भन्दा धेरै बाधा पुर्याइरहेको उहाँले उल्लेख गर्नु भएको छ ।

संयुक्त राष्ट्रसङ्घका अधिकारीले गाजाका सबै सीमा नाकाहरू खोल्न र आवश्यक आपूर्तिमा इजरायली प्रतिबन्धहरू हटाउन आग्रह गरेका छन् । उहाँले मानवीय सहायतालाई सीमा प्रतिबन्धबाट छुट दिन, मानवीय कामदारहरूलाई दीर्घकालीन भिसा दिन, जोर्डन र प्यालेस्टिनी सरकारहरूद्वारा समन्वय गरिएको शिविरहरु पुन: सुरु गर्न र चिकित्सा निकासी विस्तार गर्न पनि आह्वान गर्नु भएको छ ।

युद्धविराम पछि गाजामा अनिकालको केहि अवस्था सहज भएता पनि यो गम्भीर सङ्कटको चरणमा रहेको बताइएको छ । करीव २१ हजार ट्रक सहायता सङ्कलन गरिएको र पानी तथा स्वास्थ्य सेवा विस्तार गरिनुका साथै दशौँ हजार बालबालिकालाई खोप लगाइएको, र छ लाख भन्दा बढी मानिसलाई आश्रय प्रदान गरिएको उहाँले बताउनु भएको छ ।

फ्लेचरले यो पर्याप्त नभएको बताउदै गाजा अस्थायी मानवीय समाधान र प्यालेस्टिनीहरूको उद्धारतालाई धन्यवाद दिनु भएको छ । यो एक अस्थिर अवस्था भएको उल्लेख गर्दै उहाँले सुरक्षा, आश्रय, पानी, स्वास्थ्य सेवा र शिक्षा जस्ता आधारभूत आवश्यकताहरूबाट वञ्चित रहेको कुरामा जोड दिँदै युद्धविरामपछि करिब एक हजार प्यालेस्टिनी मारिएको बताउनुभएको छ ।

फ्लेचरले सुरक्षा परिषद्का लागि तीन प्रमुख मागहरू नागरिक र मानवीय कामदारहरूको सुरक्षा, सहायताका लागि सुरक्षित, दिगो र निर्बाध पहुँच सुनिश्चित गर्ने, र पर्याप्त रकम उपलब्ध गराउने बताउनु भएको छ ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै