३ असार २०८३, बुधबार
,
Latest
गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग ‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड



अ+ अ-

जिलजिलिया। इजरायली बसोबास गर्नेहरूले वेस्ट बैङ्कस्थित एक गाउँको मस्जिदमा आगजनी गरेको आरोप स्थानीय मेयरले बताउनुभयो ।

घटनास्थलमा पुगेका एएफपीका पत्रकारले पनि आगजनी तथा तोडफोडका संकेत देखेका छन् ।

सन् २०२३ मा गाजामा युद्ध सुरु भएयता कब्जामा रहेको वेस्ट बैङ्कमा इजरायली बसोबास गर्नेप्यालेस्टिनी समुदायमाथि हुने आक्रमण बढिरहेका बेला उक्त घटना भएको हो ।

रामल्लाहको उत्तरमा रहेको जिलजिलिया गाउँ परिषद्का प्रमुख ओसामा अब्दुल्लाहका अनुसार बसोबास गर्नेले मस्जिदको स्नान कक्षमा आगो लगाएका, मस्जिदमा क्षति पु¥याएका तथा बाहिरी भित्तामा शत्रुतापूर्ण नारा लेखेका छन् ।

घटनाबारे प्रतिक्रिया माग्दा इजरायली सेनाले तत्काल कुनै टिप्पणी गरेको छैन । बुधबार मस्जिदको निरीक्षण गरेका एएफपीका पत्रकारले छत, भित्ता र भुइँ आगो तथा धुवाँका कारण कालो बनेको देखिएको बताएका छन् । मस्जिदका भित्तामा हिब्रु भाषामा ‘बदला’ र ‘हिलटप युवाबाट नमस्ते’ लेखिएको भेटिएको उनीहरूले जनाएका छन् ।

‘हिलटप युथ’ वेस्ट बैङ्कका इजरायली बसोबास गर्नेको एक समूह हो । उनीहरूमाथि आफूले कब्जा गर्न चाहेका क्षेत्रबाट प्यालेस्टिनीलाई हटाउन हिंसात्मक गतिविधि गर्ने आरोप लाग्दै आएको छ ।

मेयर अब्दुल्लाहका अनुसार बुधबार बिहान ०२ बजेदेखि ०३ बजेबीचमा आएका व्यक्तिले मस्जिदको ढोका बन्द पाएपछि तल्लो तलामा रहेको स्नान कक्षमा आगजनी गरेका थिए ।

उहाँले स्थानीय युवा तथा प्यालेस्टिनी नागरिक सुरक्षा टोलीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

इजरायलले सन् १९६७ देखि वेस्ट बैङ्क क्षेत्र आफ्नो नियन्त्रणमा राखेको छ । यस क्षेत्रमा करिब ३० लाख प्यालेस्टिनी बसोबास गर्छन् भने पूर्वीजेरुसेलमबाहेक पाँच लाखभन्दा बढी इजरायली बसोबास गर्नेहरू रहेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको दक्षिणपन्थी सरकारले सत्ता सम्हालेपछि अन्तरराष्ट्रिय कानुनअनुसार अवैध मानिएका बस्तीको विस्तार वेस्ट बैङ्कका विभिन्न क्षेत्रमा तीव्र भएको छ ।

संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको प्रतिवेदनमा वेस्ट बैङ्कमा बसोबास गर्नेहरूको हिंसा उच्चस्तरमा पुगेको उल्लेख गर्दै दैनिक औसतमा छ वटा आक्रमणबाट जनधनको क्षति हुने गरेको जनाएको छ ।

स्थानीय बासिन्दाले इजरायली बसोबास गर्ने दण्डहीन रूपमा कानुनविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन् । (रासस\एएफपी)