काठमाडौँ । विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनिहरुलाई थुनामा पठाउन आदेश दिएको हो ।
उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले बुधबार थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशसँगै उनीहरूलाई डिल्लीबजार कारागार लगिएको छ।
उनीहरू झण्डै तीन महिनादेखि प्रहरी हिरासतमा रहेका थिए ।












