१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं ३ ले संविधानविपरीत ऐन बनाएको छैन: सभामुख श्रेष्ठ



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले प्रदेशसभाले देशको मूल कानूनका रुपमा रहेको संविधान र सङ्घीय सरकारले निर्माण गरेका ऐनसँग बाझिने गरी कानून निर्माण नगरेको बताएका छन् । युएनडिपीको सहयोगमा नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित संसदीय पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशसभाले हालसम्म ४५ ऐन निर्माण गरिसकेको जानकारी गराए ।

सञ्चारमाध्यमलाई लक्षित गर्दै सभामुख श्रेष्ठले सञ्चारमाध्यमले सकारात्मक विषयवस्तुलाई भन्दा पनि नकारात्मक विषयवस्तुलाई प्राथमिकता दिने गरेकाले त्यसो नगर्न अनुरोध गरे । उनले नेपाल दक्षिण एशियामै छिटो–छिटो आर्थिक विकास गर्ने राष्ट्रका रूपमा अगाडि बढ्दै गएको प्रसङ्ग सञ्चारमाध्यमको विषयवस्तु नबन्नु दुखद् भएको बताए ।

देशले भूकम्प र नाकाबन्दीका बीच पनि अर्थतन्त्रलाई मजबुत बनाएर विकासोन्मुख राष्ट्रबाट विकसित राष्ट्र निर्माणको दिशा लिइसकेको उल्लेख गर्दै सभामुख श्रेष्ठले नेपालको यो स्थितिको चर्चा विदेशी सञ्चरमाध्यमले गर्न थालेको उल्लेख गरे ।