२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको फोहोर अब सिधै डम्पिङ साईटमा लगिने



अ+ अ-

काठमाडौं । उपत्यकाको फोहोर घरघरबाट उठाएर सिधै डम्पिङ साईट पुर्याउन सुरु गरिएको छ । यसअघि टेकुस्थित ट्रान्सफर स्टेशनमा फोहोर जम्मा गरि डम्पिङ साईट रहेको नुवाकोटको सिस्डोलमा पुर्याउने गरिएको थियो । फोहोर सिधै ट्रान्सफर स्टेशन पुर्याईने भएपछि टेकुमा सञ्चालित ३९ रोपनी क्षेत्रफलमा फैलिएको ट्रान्सफर स्टेशन फोहोर स्टेशनलाई खालि गराई फोहोर शुन्य बनाईएको छ ।

सोमबारबाट जम्मा भएका फोहोरलाई उठाएर सिधै डम्पिङ साईट पुग्न थालेको काठमाडौं महानगरपालिकाले जनाएको छ । यससँगै साविकको ट्रान्सफर स्टेसनमा हरियाली बगैंचा बनाईने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेसहित वातावरण व्यवस्थापन बिभागका अधिकारीहरुको उपस्थितिमा स्टेशनको बाँकी रहेको करीब ३ मेट्रिक टन फोहोर उठाईएको छ । फोहोर उठाइसकेपछि पानीले स्टेशनको सफाइ गरिएको छ ।

स्टेशन फोहोर शुन्य भइसकेपछि प्रशासकीय अधिकृत न्यौपानेले अबदेखि ट्रान्सफर स्टेशनमा फोहोर जम्मा गरेर नराखिने प्रतिवद्धता व्यक्त गरेका छन । ‘ट्रान्सफर स्टेशन नमिलेको फोहोर मिलाउने ठाउँ मात्रै हो । अब यसको प्रयोग त्यही अनुरुप हुनेछ । प्राबिधिक समस्याका समयमा बाहेक ट्रान्सफर स्टेशनमा फोहोर थुप्रिन दिईनेछैन।’ उनले भने । महानगरपालिकाले यसअघि समेत २०७२ भदौ २२ मा ट्रान्सफर स्टेशनलाई फोहोर शुन्य बनाइएको थियो ।

तर,फोहार नथुपार्ने प्रयास भने सफल हुन सकेन । वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार स्टेशनलाई सफा रुपमै राख्न प्रयास गरिने बताँउछन । यसअघि उपत्यकाका सडक र गल्ली—गल्लीमा पुगेर फोहोर जम्मा गरेपछि ट्रान्सफर स्टेशनमा ल्याइन्छ । संकलित फोहोरलाई ठूला सवारी साधनबाट स्यानिटरी ल्याण्डफिल साइटमा ढुवानी गर्ने गरिएको थियो । यस्तो अबश्थामा कुनै एक ठाउँमा समस्या आएमा त्यसको चाप सिधै ट्रान्सफर स्टेशनमा पर्ने गर्दथ्यो ।

महानगरका अधिकारीहरु फोहोर उत्पादन देखि अन्तिम व्यवस्थापन गर्ने प्रणालीमा सबै जिम्मेवार भए मात्र यो प्रयास सफल हुने बताँउछन । विज्ञहरु फोहोर व्यवस्थापनमा प्रविधियुक्त बिधिहरु स्थापित भइसकेकोल फोहार व्यवस्थापनमा उन्नत प्रविधि प्रयोग गर्नुपर्ने बताँउछन । उनीहरु प्रबिधिका साथै फोहारका श्रोत घटाउन सके फोहोर व्यवस्थापनको सबैभन्दा उत्तम बिधि हुने बताँउछन । उनीहरु फोहोरको पुनःप्रयोग र पुनःचक्रीय प्रयोगबाट व्यववस्थित गर्न सकिने सुझाव दिन्छन । राजधानी दैनिकबाट