५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते



अ+ अ-

तेहरान। बिहीबार मध्यरातदेखि शुक्रबार दिउँसोसम्म लेबनानमा भएको व्यापक हवाई आक्रमणमा कम्तीमा ४७ जनाको मृत्यु भएको लेबनानको सार्वजनिक स्वास्थ्य आपतकालीन सेवा केन्द्रले शुक्रबार जारी गरेको तथ्याङ्कमा जनाइएको छ ।

लेबनानको दक्षिणी र पूर्वी क्षेत्र नाबातिह, टायर, बिन्त जेबेल, जेजिन र बाल्बेक जिल्लाहरूमा आक्रमण भएको केन्द्रले जनाएको छ ।

मारिनेमध्ये ऐन बोर्डेमा भएको हवाई आक्रमणमा र अर्को एक बालबेक जिल्लाको जमालियाह शहरको फार्ममा भएको हवाई आक्रमणमा मारिएका थिए। जेजिनको रिहान शहर र डेर अल–जहरानी–नबातिह राजमार्गमा ड्रोन आक्रमणबाट अन्य केहीको हताहती भएको थियो ।

अमेरिका–इरानबीच हालै हस्ताक्षर भएको समझदारी पत्रमा लेबनान लगायत सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने उल्लेख गरिएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले एक विज्ञप्ति जारी गर्दै लेबनान विरुद्ध इजरायलले लगातार आक्रमण गरिरहेको भन्दै कडा शब्दमा निन्दा गर्नुभएको छ।

उहाँले भन्नुभयो, “लेबनानमा युद्ध अन्त्य गर्ने कुरा स्पष्ट रूपमा अमेरिका–इरान समझदारीको ‘अभिन्न’ हिस्सा मानिएको छ र लेबनानको वर्तमान परिस्थितिका लागि संयुक्त राज्य अमेरिका प्रत्यक्ष रूपमा जिम्मेवार छ।

बघाईले भन्नुभयो, “इरानले आफ्नो हित, सुरक्षा र अधिकारका साथै आफ्ना सहयोगीहरूको रक्षाका लागि सबै आवश्यक उपायहरू अवलम्बन गर्नेछ।”

यसैबीच, इजरायलको च्यानल १२ ले शुक्रबार इजरायली अधिकारीलाई उद्धृत गर्दै इजरायल र हेजबुल्लाहबीच युद्धविराम सम्झौता भएको जनाएको छ।(रासस/सिन्ह्वा)