२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको दोस्रो दिन पनि घट्यो नेप्से



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.३७ विन्दुले घटेर २४७.९८ मा पुगेको छ । कारोवार रकम आइतबारको तुलनामा बढेपनि कुनै उल्लेख्य प्रगति भने हुन सकेन । आइतबार कूल रु ११ करोडको मात्रै कारोवार भएको थियो । आज कूल १४५ कम्पनीको छ लाख आठ हजार ६०१ कित्ता शेयर रु १६ करोड ४३ लाख ४९ हजार ५३६ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज छ उपसमूहको शेयर उकालो लागेको छ भने पाँच उपसमूहको शेयर घटेर बन्द भएको छ । बैंङ्किङ १.८८, विकास बैंक ६.७, जलविद्युत् ५.११, वित्त २.३ र उत्पादन १६.४५ विन्दुले ओरालो लागे । यस्तै होटल २.७२, निर्जीवन बीमा ८.५९, अन्य १.७, लघुवित्त ०.६२, जीवन बीमा २२.५ र सामूहिक लगानी कोष ०.०३ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज पनि प्रभु बैंक नै शीर्ष स्थानमा छ । सो बैंकको रु एक करोड ८९ लाख ३७ हजार ३६७ मूल्य बराबरको शेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु ७६ लाख १८ हजार ७७१, मेगा बैंक रु ७० लाख ४४ हजार ३२६, शिवम् सिमेन्ट रु ६५ लाख ५६ हजार २७५ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ६० लाख १७ हजार ३९७ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार घोडाघोडी लघुवित्त ४.८१, प्राइम लाइफ इन्स्योरेन्स ४.१८, आशा लघुवित्त वित्तीय संस्था ३.१३, मितेरी डेभलपमेन्ट बैंक २.८६ र बरुण हाइड्रोपावरका लगानीकर्ताले २.३० प्रतिशतले कमाए । त्यस्तै एभरेष्ट बैंक ९.२८, राधी विद्युत् कम्पनी ५.५५, कर्णाली डेभलपमेन्ट बैंक ३.८०, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.६२ र वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ३.२२ प्रतिशतले गुमाए ।