१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

“म्यान्मा भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ”



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ ।

म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरेर हाल जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले ट्वीट गर्दै भन्नुभएको छ, “म्यान्माका महामहिम राष्ट्रपति उ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा भएको राजकीय भ्रमणमा प्रदान गरिएको न्यानो स्वागत र आतिथ्यताप्रति महामहिम राष्ट्रपति, महामहिम स्टेट काउन्सिलर, सरकार र स्नेही जनतालाई हार्दिक धन्यवाद, भ्रमणबाट दुई देश र जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको छ ।”

राष्ट्रपति भण्डारी गत असोज २९ गते म्यान्माको राजकीय भ्रमणमा जानुभएको थियो । उहाँ आइतबारदेखि जापानको भ्रमणमा रहनुभएको छ ।